सेयर बजार : नेप्से १ हजार ८ सय ३८ अंकमा सिमित हुँदा ४ अर्ब २० करोड कारोबार

लोकपथ
52
Shares

काठमाडौं । नेपालीहरुको महान चाड दशैं नजिकिँदै गर्दा नेप्से सूचक एवं कारोबार रकम भने निरन्तर घट्दै गएको छ ।

सोही आधारमा यो साता पनि नेप्से निराशाजनक देखिएको छ । नियमित कारोबारको लागि नेप्से सातामा चार दिन मात्र खुल्ला रहेकोमा तीन दिन लगातार नेप्से घटेको थियो भने चौंथो दिन बढेको थियो । दोस्रो कारोबार दिन भने सार्वजनिक बिदा परेका कारण नेप्से बन्द रहेको थियो । यो साता देखि नेप्से सातामा पाँच कार्य दिन मात्र खुल्ला रहने भएको छ ।

सो अनुसार शुक्रवार नेप्से बन्द रहेको छ । यी सबै प्रभावका बावजुत नेप्से सुचक तथा कारोबार रकम यो साता घटेका छन् । जसअनुसार नेप्से १ हजार ८ सय ३८ दशमलव ९६ अंकमा खुम्चिन पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि ३ सय ५९ दशमलव ४३ अंकमा सिमित हुन पुगेको छ । सातामा दुुई सय ३१ वटा कम्पनीहरुको ६७ हजार ९ सय ७८ पटक सेयर कारोबार भएका छन् ।

जसबाट एक करोड ५२ लाख २७ हजार २ सय ५२ कित्ता शेयर किनबेच भएका छन् भने कुल कारोबार रकम ४ अर्ब २० करोड ८४ लाख ५७ हजार सात सय ३१ रुपैंयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा २ अर्ब रुपैंयाँले कम हो । गत साता भने २ सय ३२ वटा कम्पनीहरुको १ लाख ४६ हजार २ सय ९३ पटक सेयर कारोबार भएको थियो ।

जसबाट २ करोड २७ लाख ६० हजार १ सय ४३ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ६ अर्ब ९८ करोड ९० लाख ७१ हजार ६ सय १० रुपैंयाँ पुगेको थियो । दैनिक सेयर कारोबारको विश्लेषण गर्दा यो साता नेप्से नियमित कारोबारको लागि चार कार्य दिन मात्र खुल्ला रहेको थियो । जसमध्ये पहिलो, तेस्रो र पाँचौं दिन नेप्से घटेको थियो भने चौंथो दिन नेप्से बढेको थियो ।

पहिलो दिन ३३ दशमलव ९७ अंकले घटेर १ हजार ८ सय ७६ दशमलव ४१ अंकमा झरेको नेप्से तेस्रो दिन ३८ दशमलव ८१ अंकले घटेर एक हजार आठ सय ३७ दशमलव ६० अंकमा खुम्चिएको थियो । चौंथो दिन भने ११ दशमलव १९ अंकले बढेर एक हजार आठं सय ४८ दशमलव ८० अंकमा चढ्न सफल भएको नेप्से पाँचौं दिन पुन ९ दशमलव ८३ अंकले घटेर १८ सय ३८ दशमलव ९६ अंकमा खुम्चिन पुगेको थियो ।

यसैगरी पहिलो दिन दुई दशमलव ३३ अंकले घटेर ३ सय ६५ दशमलव ८६ झरेको सेन्सिटिभ इन्डेक्स तेस्रो दिन पनि सात अंकले घटेर ३ सय ५८ दशमलव ८७ अंकमा खुम्चिएको थियो । चौंथो दिन भने २ दशमलव एक अंकले बढेर ३ सय ६० दशमलव ८८ बिन्दुमा चढेको सेन्सिटिभ इन्डेक्स पाँचौं दिन भने पुन एक दशमलव ४५ अंकले घटेर ३ सय ५९ दशमलव ४३ अंकमा खुम्चिन पुगेको थियो ।

यो साता नबिल बैंक, हिमालयन डिष्ट्रिलरी प्राली, नेपाल टेलिकम आदिको बढी रकम कारोबार भएका छन् भने नेपाल टेलिकम, नविल बैंक, हिमालयन डिष्ट्रिलरी प्राली आदि आदिको बढी संख्यामा सेयर किनबेच भएको छ ।

बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

यस्तो छ साता दैनिक शेयर कारोवार (संख्या र रुपैयाँमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?