जीप दुर्घटनामा एक जनाको मृत्यु

लोकपथ
39
Shares

दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ । दुई जना घाइते भएका छन् ।

दार्चुलाको गोगनपानीमा बिहीबार साँझ म १ ज २३३ नम्बरको जीप पल्टिँदा अपि हिमाल गाउँपालिका ६ का दिनेशसिंह धामीको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा थप दुई जना घाइते भएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?