२१ आश्विन २०७९, शुक्रवार

नाडाद्वारा नेपालको इतिहासमै पहिलो नाडा ईभी एक्स्पो सुरु

२०७९,आश्विन,६,बिहीवार २३:०९

63
Shares

काठमाडौं । नेपालको इतिहासमै पहिलो नाडा ईभी एक्स्पो सुरु भएको छ । बिहीवार काठमाडौंको भृकुटीमण्डपमा ४ दिने नाडा ईभी एक्स्पो सुरु भएको हो । अर्थमन्त्री जनार्दन शर्माले पहिलो नाडा ईभी एक्स्पोको शुभारम्भ गरेका छन ।

शुभारम्भ कार्यक्रममा नाडा अध्यक्ष धुब्र थापाले नेपालमा विद्युतीय सवारी साधनकोे अपरिहार्यतालाई महशुस गर्दै नाडा ईभी एक्स्पो सुरु गरिएको बताए । उनले विद्युतीय सावरी साधनको महत्व बढ्दै गएको बताउँदै प्रदुषण कम गर्ने मात्र नभई विद्युत खपतमा सहयोग पुग्ने बताए । वातावरणमैत्री विद्युतीय सवारी साधनको प्रयोगले पेट्रोलियम पदार्थको खपत कम गर्ने भएकाले ग्रिन नेपालको अवधारणा साकार हुने नाडाको ठहर छ ।

सरकारले विद्युतीय सवारी साधन प्रवद्र्धन गर्ने बताई रहदाँ सय किलोवाट माथीका गाडीमा कर बढाउनु उपयुक्त नभएको अध्यक्ष थापाले बताएका थिए । ‘सरकारले सय किलोवाट माथिका गाडीमा कर बढाउँदा प्रोत्साहनको सट्टा निरुत्साहन भएको छ,’ अध्यक्ष थापाले अर्थमन्त्रीलाई इंगित गर्दै भने,‘नेपालको भौगलिक अवस्था अनुसार २ सय किलोवाट क्षमतासम्मका गाडीलाई पुरानै व्यवस्था अनुसार कर कायम गरिदिन अनुरोध गर्दछु । सरकारले नेपालमै गाडी एसम्बल गर्न आग्रह गरेपनि त्यसकोलागि स्थिर नीति आवश्यक रहेको नाडाले उल्लेख गरेको छ । सरकारले स्थितर नीति लिए व्यवसायी पार्ट पुर्जाको उद्योगसमेत खोल्न तयार रहेको बताए ।’

अर्थमन्त्री जनार्दन शर्माले ईभी एक्स्पो नाडाको मात्रै नभई देशकै भएको बताए । मन्त्री शर्माले नेपालमा विद्युतीय गाडी प्रवद्र्धन गर्ने सरकारको नीतिबाट पछि नहट्ने बताएका छन् । ‘विद्युतीय गाडीलाई प्रवद्र्धन गर्दै आएका छौं । त्यसबाट पछि हट्दैनौं,’ मन्त्री शर्माले भने,‘अब कोईला, डिजेल, पेट्रोलको युग सकियो अब ईभी, हाइड्रोजन तर्फ गैरहेका छौं ।’ अर्थमन्त्री शर्माले सरकारले निश्चित अवधिपछि विद्युतीय सवारी चल्ने मात्रै व्यवस्था गर्न लागेको बताएका छन् । पेट्रोलियम पदार्थबाट चल्ने सवारी कहिले रोक्ने भन्ने विषयमा अध्ययन गरिरहेको जानकारी दिए । ‘गाडी उत्पादन यहि गर्नुहोस् विद्युत र ब्याजमा थप सहुलियत दिनुपर्छ,’ उनले भने,‘एसेम्बल उद्योगमा भ्यालु एड कसरी गर्न सकिन्छ । त्यसमा ध्यान दिनुस् ।’

उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारको सहुलियतका कारण ३०–३५ लाखमै गाडी पाउने अवस्था रहेको बताएका छन् । अध्यक्ष गोल्छाले सरकारको नीति स्थिर रहनु पर्ने बताउँदै अन्तशुल्क र भन्सार महशुल बढाउन नहुने उल्लेख गरे । वातावरण संरक्षण गर्नकोलागि विद्युतिय गाडीलाई प्रोत्साहन गर्नु पर्ने धारण व्यक्त गरे । नाडा अध्यक्ष थापाले सरकारले गाडी आयातमा प्रतिबन्ध लगाउँदा ९ महिना देखी अटो व्यवसायी मारमा परहेको जानकारी गराए । कार,जिप, भ्यान र १५० सिसि माथिका मोटरसाइकल आयात खुल्ला गर्न अर्थमन्त्रीसँग माग गरेका थिए । अर्थमन्त्री शर्माले सवारी प्रतिबन्ध लामो समय नरहने बताएका थिए । उनले अर्थतन्त्र शुधार तर्फ गईरहेको बताउँदै निर्यात वृद्धि गरि आयात खोल्नु पर्ने उल्लेख गरे ।

नाडाले १९९८ देखी नै नाडा अटो शो गर्दै आएको छ । नाडा ईभी एक्स्पो पहिलो पटक हुन लागेको छ । नाडा ईभी एक्स्पोका सभापति अनुप बरालले एक्स्पोमा ५१ वटा स्टल रहेको जानकारी दिए । उनका अनुसार नाडा ईभि एक्स्पोमा ९ वटा ४ पाग्रे र १ वटा ३ पाग्रे रहेका छन । १६ वटा २ पांग्रे सवारीका स्टल रहेका छन । गाडी ब्रान्डमा टाटा, हुन्डाई, टेस्ला, नेटा, बीवाईडी, चांगन, ज्यागका चारपांग्रे विद्युतीय गाडीको सहभागिता रहेको छ । अग्नी ग्रुपले ३ पांग्रे टेरो ब्रान्डको सहभागिता गराएको छ ।

एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरी रहेको छ । नाडाले १० प्रतिशत बजार हिस्सा ओगटी सकेको छ । अबको ५–६ वर्षमा ५० प्रतिशत बढी हिस्सा हुने आंकलन गरिएको छ । नेपाली चाडपर्वहरुको पूर्वाधारमा आयोजना हुन गइरहेको यस एक्स्पोले नेपालमा विद्युतीय सवारी साधनबारे अत्याधिक जनचेतना अभिवृद्धि गर्न एवम् सम्बन्धीत सम्पूर्ण अटो व्यवसायीहरुको समस्टिगत प्रवद्र्धनमा प्रत्यक्ष तथा सकारात्मक प्रभाव पार्ने नाडाको विश्वास छ ।

प्रकाशित मिति: २०७९,आश्विन,६,बिहीवार २३:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । ‘वर्षमा एक दिन धर्ती छाड्नुपर्छ’ भन्ने पुरातन मान्यताले पनि धेरैलाई दसैँमा लिङ्गे पिङ खेल्न प्रेरित गदर्छ । विशेष

काठमाडौं । राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालका राइडर, क्याप्टेन र डेलिभरीम्यानलाई लक्षित गर्दै सञ्चालन गरिएको ‘दसैँ महोत्सव २०७९’ अन्तर्गत दुई

काठमाडौं । अटो एक्स्पो दसैँ कार मेलामा सेकेण्ड ह्याण्ड गाडी बेच्ने र किन्नेहरुको आकर्षण बढेको छ । बुधवारदेखि ‘क्यास अन

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा करिब ४४ हजार तोला सुन आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार

ताजा समाचार

दक्षिण अफ्रिकाले भारतलाई हरायो
 २०७९,आश्विन,२१,शुक्रवार ०७:५९
बडादसैँको टीका आज पनि लगाइदै
 २०७९,आश्विन,२१,शुक्रवार ०७:४८
थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,आश्विन,२१,शुक्रवार ०७:३४