सांग्रिला मोटर्सले ल्यायो चाडपर्वको अवसरमा उत्कृष्ट अफर

लोकपथ
78
Shares

काठमाडौं । नेपालमा ‘प्युजो र सिट्रोन’को लागि आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले चाडपर्वको समयमा आफ्नो सबैभन्दा ठूलो अफर ल्याएको घोषणा गरेको छ । दसैँ, तिहार र छठ पर्व भरि मान्य हुने सांग्रिलाले ल्याएको चाडपर्व अफर यस वर्षको सबैभन्दा ठूलो र आकर्षक अफर भएको दाबी गरिएको छ ।

सांग्रिला मोटर्सले प्युजो वा सिट्रोन कार किन्ने जो कोहीलाई क्रमशः १६ लाख ५० हजार र १५ लाख ५० हजार रुपैयाँको लाभ प्रदान गर्ने बताएको छ । त्यसैगरी, सिट्रोन र प्युजो दुवैले आफ्ना ग्राहकलाई ७ लाख छुट, १ वर्षको निःशुल्क बीमा, ४ महिनाको ब्याजसहित निःशुल्क इएमआई र १ वर्षसम्म सडक कर निःशुल्क उपलब्ध गराउने बताएका छन् ।

प्रसिद्ध फ्रान्सेली अटोमोबाइल ब्रान्डहरू मध्ये एक सिट्रोन साङ्ग्रिला मोटर्सले नयाँ थपेको हो । चाडपर्वको प्रस्ताव, सिट्रोन को ‘सी५ एअरक्रस’ मोडलमा मान्य छ । ‘सी५ एअरक्रस’ मोडल एउटा विलासी फ्रान्सेली कार हो जसले क्लास र आरामलाई एउटै कारमा पहुँचयोग्य बनाउँछ भनेर निक्कै प्रख्यात छ । जबकि प्युजा नेपाली कार बजारमा पहिले नै स्थापित भइसकेको छ र अफर ‘प्युजोको ३००८ अलुर’ डिजेल मोडलका लागि मात्र मान्य छ ।

यो चाडपर्वको अवसरमा सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले ‘ड्राइभ नाउ, पे लेटर’ योजना ल्याएर सवारी साधनको सपना देख्ने मानिसहरूलाई सहज बनाउने लक्ष्य राखेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?