एनसीसी बैंक र ‘फोन पे’बीच क्यासब्याक सम्झौता

लोकपथ
65
Shares

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र फोन पे बीच दसैँ तिहार लक्षित क्यासब्याक पार्टनरका रुपमा सहकार्य भएको छ । एनसीसी बैँकले आफ्ना एनसीसी स्मार्ट मोबाइल एप प्रयोगकर्तालाई पहिलो पटक फोन पे को क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म अथवा बढीमा सय रुपैयाँसम्म क्यासब्याक अफर प्रदान गरेको हो ।

अफरमा सहभागिता जनाउनका लागि सामान खरिद वा विभिन्न किसिमको भुक्तानीका लागि फोन पे एप मार्फत भुक्तानी गरेको हुनुपर्ने सम्झौतामा बताइएको छ । दसैँ र तिहार गरी २ पटक यो अफर सञ्चालन हुने भएको बैंकले जनाएको हो । दसैँ लक्षित यो अफर असोज ७ गते देखि असोज १४ गतेसम्म सञ्चालन हुनेछ भने तिहारलाई लक्षित गरी कार्तिक २ देखि कार्तिक ६ गते सम्म सञ्चालन हुनेछ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १ सय ५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १ सय ३९ एटिएम सञ्चालन गरी ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?