२१ आश्विन २०७९, शुक्रवार

राप्रपा निर्वाचन परिचालन समितिले पायो पूर्णता

२०७९,आश्विन,६,बिहीवार २१:२५

27
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको कार्यसम्पादन समितिको बैठकले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको केन्द्रीय निर्वाचन परिचालन समितिलाई पूर्णता दिएको छ ।

बिहीवार बसेको बैठकले लिङ्देन नेतृत्वको समितिमा पूर्वअध्यक्ष लोकेन्द्र बहादुर चन्द, पशुपति शमशेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनी तथा कार्यसम्पादन समितिका सदस्यहरू, पदाधिकारीहरू, सातवटै प्रदेशका अध्यक्षहरू, केन्द्रीय सदस्यहरू, विभागीय प्रमुखहरू र भातृ संगठनका प्रमुखलाई सदस्यमा मनोनीत गरेको छ ।

बैठकले सदस्य सचिवको जिम्मेवारी महामन्त्री राजेन्द्र गुरुङलाई दिएको छ । यस्तै, बैठकले प्रदेश अध्यक्षको संयोजकत्वमा प्रदेश निर्वाचन परिचालन समिति र जिल्ला अध्यक्षको संयोजकत्वमा जिल्ला निर्वाचन परिचालन समिति गठन गरेको छ ।

यस्तै, कोषाध्यक्ष नीलकण्ठ काफ्लेको संयोजकत्वमा निर्वाचन आर्थिक समिति र प्रवक्ता मोहन श्रेष्ठको संयोजकत्वमा केन्द्रीय निर्वाचन प्रचार समिति गठन गरेको छ ।

बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार चयनका विषयमा छलफल भएको बताइएको छ ।

प्रकाशित मिति: २०७९,आश्विन,६,बिहीवार २१:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरीएको छ । सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै बिहीबार बाहिरीएको जसपा अब

लमजुङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि लमजुङ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय

काठमाडौं । नेकपा एमालेले बारामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । बिहीवार बिहान जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित अमलेखगञ्जमा

काठमाडौं । सीट बाँडफाँटमा असन्तुष्ट रहेको नेपाली कांग्रेस भित्रका शेखर कोइराला समूहको भेला सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस

ताजा समाचार

पृथ्वीराजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध
 २०७९,आश्विन,२१,शुक्रवार ०८:५२
दक्षिण अफ्रिकाले भारतलाई हरायो
 २०७९,आश्विन,२१,शुक्रवार ०७:५९
बडादसैँको टीका आज पनि लगाइदै
 २०७९,आश्विन,२१,शुक्रवार ०७:४८
थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,आश्विन,२१,शुक्रवार ०७:३४