राष्ट्रपतिको कदमविरुद्ध सरकार अदालत नजानेदेखि विप्लवसहितका चार कम्युनिष्ट पार्टीद्वारा चुनाव बहिष्कार गर्ने घोषणा (भिडियोसहित)

लोकपथ
156
Shares

१. नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिसँग रुष्ट बनेको सरकार राष्ट्रपतिको उक्त कदमविरुद्ध अदालत नजाने, संविधानविद् र कानुन व्यवसायीको रायका आधारमा अघि बढ्ने सरकारको रणनीति ।

२. सामाजिक सेवाको माध्यमबाट नै समाजमा रुपान्तरण सम्भव रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ, आफ्नो निजी स्वार्थ भन्दा माथि उठेर समाजको हित र कल्याणमा लाग्न आग्रह ।

३.राष्ट्रपतिको अपमान गर्नुलाई गठबन्धनले आफ्नो महानता ठानेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आरोप, ६ महिनासम्म प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्तावलाई अगाडि नबढाएर दराजमा थन्क्याएको टिप्पणी ।

४. सभामुख र उपसभामुखको पद खाली गराउन माग गर्दै अधिवक्ता किशोर पौडेल, जगन्नाथ दुलाल र अनुपम भट्टराईले दायर गरे सर्वोच्चमा रिट, रिटमाथि सुनुवाइ गर्न शुक्रबारका लागि पेशी तोकियो ।

५. काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना ३ ख ७८५८ नम्बरको यात्रुबाहक बस मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु, १७ जना घाइते, रुकुम पूर्वको भूमेमा पनि बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ जना घाइते ।

६. धादिङको गजुरीमा यात्रुवाहक बसको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु, स्थानीयद्वारा बसमा आगजनी, बस चालक प्रहरी नियन्त्रणमा ।

७. वैद्य र विप्लवसहित चार कम्युनिष्ट पार्टीद्वारा चुनाव बहिष्कार गर्ने घोषणा, संसदीय चुनावमा भाग लिनु दुःख, शोषण र उत्पीडनलाई अझ हुर्काउनु भएको उल्लेख ।

८. काठमाडौं विश्वविद्यालयका विद्यार्थीले बनाए १ लिटर पेट्रोलबाट १५० किलोमिटर गुड्ने गाडी, गाडीलाई सेल इको म्याराथनमा सहभागी हुन पैसा जुटाइँदै ।

९.बडादसैँ तथा दिपावली नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएका नेपालीको स्वदेश फर्कने क्रम बढ्दो, भदौ महिनामा मात्रै ७६ हजार नेपाली वैदेशिक रोजगारीका लागि विदेशिए ।

१०. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ३ हजार २ सय ६२ परीक्षणमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ३७ जना संक्रमणमुक्त ।

११. साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट, नेप्से परिसूचक ९ दशमलव ८३ अंकले घट्दा कारोबार रकम साढे ६५ करोडमा सीमित ।

१२. श्रीलंकामा खाद्यान्नको मूल्य ८४ प्रतिशतले वृद्धि, ७० वर्षपछिकै सबैभन्दा खराब आर्थिक संकटमा श्रीलंका ।

१३. जर्मनीले रुस युक्रेन युद्धबीच ऊर्जा आपूर्ति सुरक्षित गर्ने ग्यास कम्पनी युनिपरलाई राष्ट्रियकरण गर्ने, सम्झौतापछि जर्मन सरकारले ८ दशमलव ५ अर्बको लागतमा कम्पनीको ९८ दशमलव ५ प्रतिशत हिस्सेदारी लिने ।

१४. नेपालमा पहिलो पटक अन्तराष्ट्रिय एमएमए फाइट प्रतियोगिता आयोजना हुने, असोज ८ गते हुने प्रतियोगितामा नेपाल र भारतका खेलाडी भिड्ने ।

१५. र बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा, ४ जना गोलकिपर टोलीमा रहँदा नवयुग श्रेष्ठ टिम बाहिर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?