राष्ट्रिय सभाका पूर्व सचिव राधेश्याम भट्टराईको निधन

लोकपथ
39
Shares

काठमाडौं । राष्ट्रिय सभाका पूर्वसचिव राधेश्याम भट्टराईको निधन भएको छ । बुधवार राति ह्याम्स अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

उनको ७७ वर्षमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । भट्टराई २०५७ असार २० गतेदेखि २०६२ भदौ ३ गतेसम्म राष्ट्रिय सभाको सचिवको जिम्मेवारीमा रहेका थिए ।

खोटाङको लामिडाँडामा जन्मिएका भट्टराई साहित्यकारसमेत हुन् । उनका हलेसी तीर्थ काव्यसहित दर्जनौं कविता तथा साहित्यिक कृति प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?