डिशहोम फाईवरनेटको ‘फेस्टिभल फाईवरनेट’ अफर सार्वजनिक

लोकपथ
26
Shares

काठमाडौं । डिशहोम फाइवरनेटको ‘फेस्टिभल फाईवरनेट’ अफर सार्वजनिक भएको छ । फाईवरनेटका ग्राहकहरुका लागी चाडबाडको अवसरमा थप खुशी प्रदान गर्न डिशहोम फाईवरनेटले नयाँ ‘ब्याण्डवाइडतथ’ को साथ आकर्षक मुल्यमा फास्टेस्ट ईन्टरनेट प्याकेजहरु ‘फेस्टिभल फाईवरनेट’ मा ल्याएको छ ।

‘फेस्टिभल फाईवरनेट’ अफरले ८ सय ७० रुपैयाँ प्रति महिना पर्ने २ सय एमबीपीएसको ईन्टरनेट प्याकेज दिनेछ । त्यस्तै, प्रति महिना ५ सय ९५ रुपैयाँमा ७५ एमबीपीएस, ६ सय ८७ रुपैयाँमा एक सय एमबीपीएस, ८ सय २४ रुपैयाँमा १ सय ५० एमबीपीएस र ९ सय १६ रुपैयाँमा २ सय ५० एमबीपीएसका प्याकेजहरु उपलब्ध रहेको छ ।

यो गजबको प्याकेज अफरमा एक बर्षको जडान गर्ने ग्राहकहरुले ‘५जी डबल ब्याण्ड’ राउटर पनि सित्तैमा पाउने कम्पनीले जनाएको छ ।

साथै, ईन्टरनेटसँगै टेलिभिजन सेवा पनि चाहने ग्राहकहरुले २ सय ५० प्रति महिनामा डिशहोम आईपीभिीको सेवा पनि लिन पाउने छन् । ग्राहकहरुले उल्लासमय ‘फेस्टिभल फाईवरनेट’ अफरको लाभ उठाउन डिशहोमको नजिकको डिलर दाई वा हट लाइन नम्बर ९८०१५४४००० मा सम्पर्क गर्न सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?