२१ आश्विन २०७९, शुक्रवार

मुटु दिवसको अवसरमा नर्भिक हस्पिटलद्वारा हेल्थ प्याकेजमा छुट

२०७९,आश्विन,६,बिहीवार १९:४७

36
Shares

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर हेल्थ प्याकेजमा भारि छुटको अफर सार्वजनिक गरेको छ । अस्पतालले आगामी सेप्टेम्बर २९ तारिखका दिन परेको वल्र्ड हर्ट डे(विश्व मुटु दिवस)को अवसर पारेर हेल्थ प्याकेजको शुल्क खरीद गर्दा ३५ प्रतिशतसम्म छुट पाउने गरी अफर सार्वजनिक गरेको हो ।

हेल्थ प्याकेजअन्तर्गत गरिने विभिन्न परीक्षणहरुका लागि तोकिएको शुल्कमा ३५ प्रतिशतसम्म छुट पाइने अस्पतालले जनाएको छ । यस्तो छुट सम्बन्धी व्यवस्था लागू भइसकेको र अबको एक महिनाभित्रमा हेल्थ प्याकेज खरीद गर्नेले पाउन सकिने हस्पिटलले जनाएको छ ।

विश्व मुटु दिवसको अवसर पारेर डिजाइन गरिएको प्याकेजअन्तर्गत सुगर फास्टिङ, आरएफटी, टोटल कोलेस्ट्रोल, इसीजी, यूरिन रुटिन, इको, ईएसआर, सीबीसीलगायतका जाँचहरु गरिनेछ । यी जाँचहरु गर्दा लाग्ने साविकको शुल्कहरुमा ३५ प्रतिशतसम्म छुटको अफरसहित विशेष हेल्थ प्याकेज घोषणा गरिएको हो ।

यसपटकको विश्व मुटु दिवस ‘यूज हर्ट फर एभ्री हर्ट’को थिममा विश्वभर मनाइँदैछ ।

प्रकाशित मिति: २०७९,आश्विन,६,बिहीवार १९:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

तनहुँ । गत बुधवार साँझदेखि परेको अविरल वर्षाका कारण पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डको दुई स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरीएको छ । सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै बिहीबार बाहिरीएको जसपा अब

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा पुनरागमन जित निकाल्ने क्रममा ओमोनियालाई ३–२ गोल अन्तरले पराजित गरेको छ

काठमाडौं । भ्रमणकारी टोली दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई पहिलो एकदिवसीय क्रिकेटमा ९ रनले हराएको छ । बिहीवार राति वर्षा

ताजा समाचार

पृथ्वीराजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध
 २०७९,आश्विन,२१,शुक्रवार ०८:५२
दक्षिण अफ्रिकाले भारतलाई हरायो
 २०७९,आश्विन,२१,शुक्रवार ०७:५९
बडादसैँको टीका आज पनि लगाइदै
 २०७९,आश्विन,२१,शुक्रवार ०७:४८
थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,आश्विन,२१,शुक्रवार ०७:३४