भक्तपुरमा फलामको पाइपले लागेर एक जनाको मृत्यु

लोकपथ
65
Shares

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ जगातीस्थित समानान्तर कंक्रिट (रोडा, बालुवा, सिमेन्ट र केमिकल उत्पादन गरी तयार गर्ने) उद्योगमा काम गर्ने क्रममा फलामको पाइप खसेर लागेपछि एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा बर्दियाको बारबर्दिया नगरपालिका–७ घर भई सोही उद्योगमा कार्यरत २४ वर्षीय विवेक चौधरी रहेका छन् ।

फलामको पाइपले लागेर घाइते भएका चौधरीको उपचारको क्रममा नागरिक कम्युनिटी टिचिङ अस्पताल गठ्ठाघरमा मृत्यु भएको प्रहरीले जनाएको छ । फलामको पाइप खसेर लाग्दा अर्का एक जना घाइते भएका छन् ।

घाइते हुनेमा बर्दियाको बारबर्दिया नगरपालिका–७ घर भई सोही उद्योगमा काम गर्ने १९ वर्षीय प्रमोद चौधरी रहेका छन् । उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

अन्दाजी ३ मिटर लामो कंक्रिट पेल्ने फलामको पाइप बिग्रिएपछि मर्मत गर्ने क्रममा सोही पाइप खसेर दुर्घटना भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?