रुकुमपूर्व बस दुर्घटना : घाइतेको उद्दार गर्न सेनाको हेलिकप्टर परिचालन

लोकपथ
0
Shares

रुकुम । रुकुमपूर्वको भुमे गाउँपालिका–३ स्थित क्याङसीमा भएको दुर्घटनाका घाइतेलाई उद्दार गर्न सेनाको हेलिकप्टर परिचालन गरिएको छ । बस दुर्घटनाका घाइतेलाई उद्धार गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा सेनाको हेलिकप्टर परिचालन गरिएको हो ।

बस दुर्घटना घटनामा परी ५ जनाको ज्यान गएको प्रहरीले जनाएकाे छ । बिहीवार दिउँसो साढे २ बजेटको समयमा जिल्लाको भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा बस दुर्घटना भएको हो ।

काठमाडौंबाट रुकुमपूर्व गइरहेको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले बताए ।

उनका अनुसार बसमा १७ जना यात्रु थिए । बस सडकबाट झण्डै १०० मिटर तल लुकुमघाट खोलामा खसेको थियो । दुर्घटनाबाट १२ जना घाइते रहेको र त्यसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?