२१ आश्विन २०७९, शुक्रवार

अब्दुल्लाहले बाहिर राखेका खेलाडीलाई हुमागाईंले गराए कमब्याक

२०७९,आश्विन,६,बिहीवार १७:२०

72
Shares

काठमाडौं । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि दुई नयाँ अनुहारसहित अखिल नेपाल फुटबल संघ (एन्फा) ले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय पुरुष फुटबल टिमको घोषणा गरेको छ ।

नेपाली टिममा परेका नयाँ खेलाडी दुवै स्ट्राइकर हुन् । टिममा थ्री स्टार क्लबका ऋतिक खड्का र चर्च ब्वाइज युनाइटेडका आशिष चौधरीले स्थान बनाएका छन् । यस्तै, टिममा कार्यबाहक प्रशिक्षक प्रदीप हुमागाईंले चार गोलकिपरलाई स्थान दिएका छन् ।

नेपालले असोज ११ गते दशरथ रंगशालामा बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । नेपाली टिममा रेजिन सुब्बाले गरिब डेढ वर्षपछि कमब्याक गरे । यस्तै, पूर्व प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले विवादका कारण बाहिर राखेका खेलाडीले कमब्याक गरेका छन् ।

नेपाली टिम

गोलकिपर : किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु

रक्षक : रोहित चन्द, अनन्त तामाङ, विकाश तामाङ, दीनेश राजवंशी, विकाश खवास, सुमन अर्याल, रञ्जित धिमाल

मिडफिल्डर : सुदीप गुरुङ, तेज तामाङ, सेसेहाङ आङदेम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरज ठकुरी, एरिक विष्ट,

फरवार्ड : विमल घर्तीमगर, अञ्जन विष्ट, ऋतिक खड्का, मनिष डांगी, आशिष चौधरी

प्रकाशित मिति: २०७९,आश्विन,६,बिहीवार १७:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भ्रमणकारी टोली दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई पहिलो एकदिवसीय क्रिकेटमा ९ रनले हराएको छ । बिहीवार राति वर्षा

काठमाडौं । च्याम्पियन्स लिगअन्तर्गत समूह सी को खेलमा बार्सिलोना इन्टर मिलानसँग १-० ले पराजित भएको छ। पहिलो हाफको इन्जुरी समयको

काठमाडौं । लगातार दोस्रो जित निकाल्ने क्रममा लिभरपुलले च्याम्पियन्स लिगमा मंगलबार रेन्जर्सलाई २-० ले हराएको छ । समूह ए अन्तर्गतको

काठमाडौं । भारतका तिब्रगतिका बलर जस्प्रित बुमराहले आईसीसी टी-२० विश्वकप क्रिकेट गुमाउने भएका छन् । अष्ट्रेलियामा आयोजना हुने विश्वकप बुमराहले

ताजा समाचार

दक्षिण अफ्रिकाले भारतलाई हरायो
 २०७९,आश्विन,२१,शुक्रवार ०७:५९
बडादसैँको टीका आज पनि लगाइदै
 २०७९,आश्विन,२१,शुक्रवार ०७:४८
थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,आश्विन,२१,शुक्रवार ०७:३४
बस दुर्घटना अपडेट : मृतक ११ जनाको सनाखत
 २०७९,आश्विन,२०,बिहीवार १८:१५