नेप्से परिसूचक ९ दशमलव ८४ अंकले घट्यो

लोकपथ
13
Shares

काठमाडौं । बुधवार ११ अंकले बढेको नेप्से परिसूचक बिहीवार (आज) ९ अंकले घटेको छ । आज नेप्से परिसूचक ९ दशमलव ८४ अंकले घटेर १८३८ दशमलव ९६ बिन्दुमा झरेको हो ।

त्यस्तै,सेन्सेटिभ इण्डेक्स ० दशमलव ४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ० दशमलव ५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ० दशमलव ५२ अंकले घटेको छ ।

बिहीवार कारोबारमा आएको २ सय २९ कम्पनीको २५ लाख ४२ हजार ८ सय ९९ कित्ता सेयर एकै दिन ६५ करोड ५७ लाख ५ हजार १ सय ६९ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधवार ७२ करोड बराबरको कारोबार भएको थियो ।

बिहीवार नेप्सेका १३ वटै उपसमूहरुको सूचक नकारात्मक देखिएका छन् । जसमा फाइनान्स र माइक्रोफाइनान्स उपसमूहको सूचक १ प्रतिशतभन्दा धेरैले घटेको छ ।

नेप्से परिसूचक घटे पनि बिहीवार सामलिङ्ग पावरको सेयरमूल्य ९ दशमलव ९८ प्रतिशतले बढेको छ । त्यस्तै, अपर हेवाखोला हाइड्रोपावरको २ दशमलव ८७ प्रतिशत र वरुण हाइड्रोपावरको २ दशमलव १६ प्रतिशतले बढेको छ ।

तर, यता विन्द्यवासिनी हाइड्रोपावरको शेयरमूल्य ५ दशमलव २६ प्रतिशतले घटेको छ । आज नबिल बैंकको सबैभन्दा धेरै २ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?