पाल्पाबाट ४ बालबालिका र २ महिला हराए

लोकपथ
52
Shares

काठमाडौं । पाल्पा जिल्लाबाट भदौ महिनामा मात्र ८ जना बालबालिका हराएका छन् । जसमध्ये ४ जना भेटिएका छन् । बाँकी ४ जना भने हराइरहेका छन् । त्यस्तै, ६ जना महिला हराएकोमा ४ जना भेटिएका छन् भने २ जना हराइरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले बिहीवार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै भदौ महिनामा भएका घटनाबारे जानकारी गराएको हो । प्रहरीका अनुसार भदौ महिनामा हराएका अन्य ४ जना महिला र ४ जना बालबालिका फेला परेका छन् ।

त्यस्तै, भदौ महिनामा जबरजस्ती करणीका २ वटा उजुरी आएको प्रहरीले जनाएको छ । उक्त अवधिमा पाल्पामा ५ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । भदौ महिनामा २१ मुद्दा परेकोमा ४ वटा फर्स्यौट भएको र बाँकी १७ वटा बाँकी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विरेन्द्र थापाले जारी गरेको विज्ञप्ति अनुसार भदौ महिनामा १३ सय ३ वटा सवारीलाई कारबाही गर्दा ८ लाख ३३ हजार राजश्व संकलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?