वीर अस्पताल परिसरमा महानगरको डोजर (फोटो/भिडियाेसहित)

लोकपथ
390
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल परिसरको औषधि पसल रहेका सटरहरू भत्काएको छ ।

बुधबार दिउँसो २४ घण्टाभित्र टहरा भत्काउन चेतावनी दिएको महानगरले समय सकिएसँगै डोजरसहित वीर अस्पताल परिसर पुगेको थियो ।

पार्क बनाउने भनेर स्वीकृति लिएको स्थानमा टहरो बनाएर फार्मेसी सञ्चालन गर्न भाडामा दिएपछि महानगरले डोजर चलाएको हो ।

काठमाडौं महानगर प्रहरीले वडा नम्बर २७ को वडा कार्यालयको सिफारिसमा ८ वटा सटर भत्काएकाे हाे ।

तस्बिर/फाेटाे : अभिषेक लम्साल

हेर्नुहोस् तस्बिर : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?