काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीसहितका चार कम्युनिस्ट पार्टीहरुले आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सहभागि नहुने जनाएका छन् ।
बिहीवार पत्रकार सम्मेलनमार्फत एक विज्ञप्ति जारी गर्दै आगामी संसदीय चुनाव संयुक्त रुपमा बहिस्कार गर्ने बताएका हुन् । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत, नेकपा मसाल केन्द्रीय समवन्य समिति र माओवादी कम्युनिस्ट पार्टीहरुले मंसिर ४ गते हुने संसदीय चुनावको कुनै औचित्य नभएको भन्दै बहिस्कार गर्ने निर्णय गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीपी गजुरेल, नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का प्रवक्ता हेमन्तप्रकाश ओली (सुदर्शन), नेपाल कम्युनिष्ट पार्टी (मसाल) का केन्द्रीय समन्वय समिति प्रतिनिधि चिन्तामणी पौडेल, माओवादी कम्युनिष्ट पार्टी, नेपालका महासचिव रामनारायण पालले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै क्रान्तिकारी जनभावनालाई कमजोर पार्ने गरी चुनावमा भाग नलिने घोषणा गरेका छन् । संसदीय चुनावमा भाग लिई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसललाई बलियो बनाउन चुनावमा भाग लिने बताएका छन् ।
संसद बाहिर भएका चार कम्युनिस्ट पार्टीहरुले नेपाली शोषित, उत्पीडित, श्रमजीवी जनताको दुखको कारण दलाल पुँजीवादी संसदीय व्यवस्था भएकाले चुनावमा भाग लिनु दुख, शोषण र उत्पीडनलाई अझ हुर्काउनु भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया