हिरो इलेक्ट्रिक स्कुटरको नाडा ईभि अटो सोमा आकर्षक अफर

लोकपथ
39
Shares

काठमाडौं । भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा लक्ष्मी ई. मोविलिटी प्रालि (लक्ष्मी गु्रपको भागिनी संस्था) ले नेपालमा हिरो इलेक्ट्रिक स्कुटरको बिक्री वितरण प्रारम्भ गरिसकेको छ ।

लक्ष्मी ई. मोविलिटी प्रालिले नाडा ईभि अटो सो मा स्टल नम्बर ‘सी७’मा बुकिंग गरि स्कुटर खरिद गर्न चाहने ग्राहकको लागि नगदसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गर्ने भएको छ । जसमा २५ हजार रुपैयाँसम्मको नगद पुरस्कार र लक्की ड्र मार्फत एक जनालाई जर्मन ब्राण्ड बोस वासिंग मेसिन रहेका छन् ।

नेपाली बजारमा एनवाईएक्स, फोटोन र सिंगल तथा डबल ब्याट्रीसहितको अप्टीमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइएको छ । एक पटक फूल चार्ज गरी ८२ किलोमिटर देखि १ सय ६५ किलोमिटरसम्मको रेन्ज दिने यी स्कुटरहरुले भारतसहित नेपालमा पनि अति राम्रो बजार लिएको छ ।

भारतमा हिरो इलेक्ट्रिकका १२ मोडल उपलब्ध छन् । नेपाली बजारमा हाल चार मोडेल उपलब्ध गराइएको छ र थप नयाँ मोडलको बारेमा जानकारी लिनको निम्ति आजै नाडा ईभि अटो सो मा स्टल नम्बर ‘सि ७’ मा सम्पर्क गर्न सकिनेछ । एक दशक भन्दा लामो समयदेखि भारतमा नम्बर १ स्थान ओगट्न सफल हिरो इलेक्ट्रिकको नेपालको लागि आधिकारीक विक्रेता लक्ष्मी ई. मोविलिटी प्रालिले नेपालभरका ईच्छुक पक्षबाट डिलरसिपको लागि समेत आवेदन लिदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?