२१ आश्विन २०७९, शुक्रवार

मेगा बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान कार्यक्रम सम्पन्न

२०७९,आश्विन,६,बिहीवार १५:२१

9
Shares

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले देशव्यापी एक महिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले भदौ महिनाभर सातै प्रदेशका शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

जस अन्तर्गत प्रदेश नम्बर १ र बागमती प्रदेशका ६–६ वटा शाखा तथा मधेश प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका ५–५ वटा शाखा गरी मेगा बैंकका ३७ वटा शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका हुन् ।

वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु यो वित्तीय चेतनामूलक अभियानको मुख्य उद्देश्य रहेको छ ।

सोही अनुरुप मेगा बैंकले नियमित आम्दानी प्राप्त गर्ने (रोजगार), निश्चित आम्दानी नभएका कृषक तथा साना उद्यमी, विद्यार्थी, महिला तथा विप्रेषण प्रापकहरुलाई प्राथमिकता दिई यो एक महिने देशव्यापी कार्यक्रम सञ्चालन गरेको थियो ।

प्रकाशित मिति: २०७९,आश्विन,६,बिहीवार १५:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपााल राष्ट्र बैंकले डेट लाईन नैं तोकेर चालु पुंजी कर्जा सम्वन्धी संसोधित व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ

पोखरा । बैंक तथा वित्तीय संस्थाले चर्को ब्याजदर तोकेको भन्दै पोखराका पर्यटन व्यवसायीहरुले विरोध गरेका छन् । व्यवसाय नै धान्न

काठमाडौं । सानिमा बैंक लिमिटेडले शुक्रवार (आज) ठिमी र कपनमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दसैँको बिदाको समयमा पनि जिज्ञासा तथा गुनासो सुनुवाईका निम्ति कल सेन्टर सुविधा सुचारु राख्ने

ताजा समाचार

बडादसैँको टीका आज पनि लगाइदै
 २०७९,आश्विन,२१,शुक्रवार ०७:४८
थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,आश्विन,२१,शुक्रवार ०७:३४
बस दुर्घटना अपडेट : मृतक ११ जनाको सनाखत
 २०७९,आश्विन,२०,बिहीवार १८:१५
कैलालीमा भारी वर्षा, अधिकास स्थान जलमग्न
 २०७९,आश्विन,२०,बिहीवार १८:०२