नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँको ट्रेजरी बिल सोझै खरिद गर्ने

लोकपथ
13
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सोझै खरिद गर्ने भएको छ । वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव (तरलता अभाव) भएपछि यसलाई नियन्त्रणमा राख्न राष्ट्र बैंकले ट्रेजरी बिल सोझै खरिद गरी बजारमा लगानीयोग्य रकम पठाउन लागेको हो ।

यसको लागि राष्ट्र बैंकले बिभिन्न समयमा आफैले बिक्री गरेको ट्रेजरी बिल आफैले सोझै खरिद गरी लगानीयोग्य रकम पठाउन लागेको हो ।
ट्रेजरी बिलको बोलकवोल मिती र समय २०७९ असोज ६ गते बिहीवार दिनको तीन बजेसम्म तोकिएको राष्ट्र बैंकको भनाई छ ।

ट्रेजरी बिलको खरिद मिती २०७९ असोज सात गते शुक्रबार तोकिएको र भुक्तानी मिती २०७९ पुस मसान्तसम्म तोकिएको राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकका अनुसार काउण्टरपार्टीले बिक्री गर्न चाहेको तोकिएको भुक्तानी मिति भएका नेपाल सरकारका ट्रेजरी बिल्सको सिरिज नम्बर र परिमाण उल्लेख गर्नु पर्ने छ । यसैगरी काउण्टरपार्टीले बिक्री गर्न चाहेको ट्रेजरी बिल्सको परिमाणको मूल्यमा बोलकबोल गर्नु पर्ने छ । (उदाहरणको लागि एक सयको ट्रेजरी बिल कति मूल्यमा विक्री गर्ने हो सो रकम बोल गर्नुपर्ने छ ।

राष्ट्र बैंकका अनुसार काउण्टरपार्टीले विक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिलको परिमाण पाँच करोड वा पाँच करोडले भाग लाग्ने दरले खरिद आव्हान गरेको रकमसम्म बोलकबोल गर्न सक्नेछन् । तर एउटा सिरिजको ट्रेजरी बिलका लागि एउटा मात्र बोलकबोल गर्नुपर्ने राष्ट्र बैंकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?