नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिविरूद्ध सर्वोच्चमा रिट

लोकपथ
117
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ । संविधान अनुसार नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिविरूद्ध सर्वोच्च अदालतमा बिहीवार रिट परेको हो ।

संघीय संसदको दुवै सदनले दोस्रोपटक पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक अस्वीकार गरेर राष्ट्रपति भण्डारीले ‘संसदीय सर्वोच्चता र संविधानको ठाडो उल्लंघन’ गरेको भन्दै सुनिल रञ्जनसिंह लगायतले सर्वोच्चमा रिट हालेका हुन् ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार बिहीवार सुनिल रञ्जनसिंह लगायतको रिट परेको छ । रिटबारे अध्ययन भइरहेकाले दर्ताको प्रक्रियामा रहेको प्रवक्ता पौडेलले जानकारी दिए । प्रवक्ता पौडेलले यो बाहेक अरू पनि रिट परेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?