फ्लोरिडामा बियरका कारण राजमार्ग अबरुद्ध

लोकपथ
234
Shares

काठमाडौं । फ्लोरिडा राजमार्ग बियरका कारण केही समय अवरुद्ध भएको छ । बियर बोकेका सेमी ट्रेलर सडकको छेउमा राखिएको ट्रकमा ठोक्किएपछि सबै लेन बन्द भएका हुन् ।

फ्लोरिडा राजमार्ग गस्तीले घटनास्थलमा खिचेका तस्बिमा यति धेरै बियर बक्सहरू र क्यानहरू देखाउँछन् कि सडक मुश्किलले देख्न सकिन्छ । तर, केही घण्टापछि ति क्यान र बक्स हटाएर राजमार्ग पुनः सञ्चालनमा आएको थियो । दुर्घटनामा मानिसहरुलाई भने सामान्य चोटपटक मात्रै लागेको बताइएको छ ।

टम्पा बे टाइम्सका अनुसार बुधबार बिहान व्यस्त राजमार्गमा दुईवटा सेमी–ट्रेलर दुर्घटनामा परेका थिए । पिकअप ट्रकसहित थप दुई सेमी–ट्रेलरहरू मद्दतको लागि तानिएको थियो ।

त्यही बेला बियर बोकेको पाँचौँ सेमी–ट्रेलर पार्क गरिएका गाडीहरूमा ठोक्किएको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?