सिट बाँडफाँट : बालुवाटारमा कार्यदलसहित शीर्ष नेताको बैठक बस्दै

लोकपथ
70
Shares

काठमाडौं । सिट बाँडफाँटबारे छलफल गर्न आज पनि सत्ता गठबन्धनको बैठक बस्दैछ । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि बुधबार बसेको सत्ता गठबन्धनको बैठकले सिट बाँडफाँटबारे छलफल नै गरेको थिएन् ।

आजको बैठकमा कार्यदल सदस्यसहित शीर्ष नेता सहभागी हुने एक नेताले बताए ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे बस्नेगरी बोलाएको छ । गठबन्धनमा सिटको भागबण्डाका निकै लामो समयदेखि छलफल भएपनि सहमति जुट्न भने सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?