२१ आश्विन २०७९, शुक्रवार

‘इरानका प्रदर्शनकारीसँग मेरो ऐक्यबद्धता’

२०७९,आश्विन,६,बिहीवार १३:१२

63
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानका महिला प्रदर्शनकारीसँग आफ्नो ऐक्यबद्धता रहेको जनाएका छन् ।

प्रहरीद्वारा गिरफ्तार गरिएकी एक युवतीको मृत्युको विरोधमा भइरहेका प्रदर्शनमा अन्य ८ जनाको मृत्यु भइरहेका बेला राष्ट्रपति बाइडेनले प्रदर्शनकारीसँग आफ्नो एक्यबद्धता रहेको बताएका हुन् ।

इरानी राष्ट्रपति इब्राहिम राईसीको भाषणको लगक्तै संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै बाइडेनले तेहरानका प्रदर्शनकारीहरूलाई अभिवादन गरे ।

“आज हामी साहसी नागरिकहरू र इरानका साहसी महिलाहरूसँग एकबद्ध छौँ जो अहिले आफ्नो आधारभूत अधिकार सुरक्षित गर्न प्रदर्शन गरिरहेका छन्,“ बाइडेनले महासभालाई सम्बोधन गर्ने क्रममा भने ।

हिजाब कानुन उल्लंघन गरेको आरोपमा पक्राउ परेकी एक महिलाको हिरासतमा मृत्यु भएपछि इरानमा महिलाले तीब्र विरोध प्रदर्शन गरेका छन् । आक्रोशित प्रदर्शनकारीहरुले सार्वजनिक स्थलमै स्कार्फ जलाएका छन् । विभिन्न ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएका छन् ।

प्रदर्शन नियन्त्रण गर्न सरकारले पानीको छर्रा, अश्र्रु ग्यास र रबरका गोली प्रहार गरेको छ । कम्तीमा तीन जना प्रदर्शनकारी घाइते भएका छन् ।

तीन दिनसम्म कोमामा रहेकी महसा अमिनीको शुक्रबार अस्पतालमा निधन भएको थियो । अमिनीलाई इरानको प्रहरीले गत साता राजधानीमा गिरफ्तार गरेको थियो । उनीमाथि हिजाब उल्लंघन गरेको आरोप लगाइएको थियो ।

एजेन्सी

प्रकाशित मिति: २०७९,आश्विन,६,बिहीवार १३:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । थाइल्याण्डको उत्तरपूर्वी प्रान्तमा रहेको बालबालिकाको दिवा हेरचाह केन्द्रमा बिहीवार भएको गोलीकाण्डमा कम्तीमा ३१ जनाको मृत्यु भएको प्रहरीले जानकारी

काठमाडौं । यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकहरु क्यारोलिन बर्टोजी, मोर्टन मेल्डल र ब्यारी शार्पलेशलाई संयुक्त रुपमा प्रदान गरिने

काठमाडाैं । इक्वेडरको सबैभन्दा ठूलो जेलमध्ये एक लाटाकुंगामा कैदीहरूबीचको झडपमा कम्तिमा १५ कैदीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । गार्डहरूले

काठमाडौं । कतारमा हुन गईरहेको विश्व कप फुटबलको सुरक्षा सहयोग गर्नका लागि टर्कीले आफनो प्रहरी पठाउने भएको छ । टर्कीको

ताजा समाचार

पृथ्वीराजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध
 २०७९,आश्विन,२१,शुक्रवार ०८:५२
दक्षिण अफ्रिकाले भारतलाई हरायो
 २०७९,आश्विन,२१,शुक्रवार ०७:५९
बडादसैँको टीका आज पनि लगाइदै
 २०७९,आश्विन,२१,शुक्रवार ०७:४८
थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,आश्विन,२१,शुक्रवार ०७:३४