कुमारी बैंकले थप्यो एक नयाँ शाखासहित १० एक्सटेन्सन काउण्टर

लोकपथ
39
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेडले एक नयाँ शाखासहित दश एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । शाखा सञ्जाल तथा काउन्टर विस्तार गर्ने क्रममा बैंकले हिजो चन्द्रागिरी नगरपालिकामा गुर्जुधारा शाखा सुचारु गरेको हो ।

त्यस्तै, बैंकले हिजोबाटै काठमाडौंको बल्खु वडा नम्बर १४ मा बल्खु एक्सटेन्सन काउण्टर, शंखारापुर नगरपालिका वडा नम्बर ९ मा ईन्द्रायणी एक्सटेन्सन काउण्टर,नागर्जुन नगरपालिका ३ मा गैरीगाँउ एक्सटेन्सन काउण्टर, टोखा नगरपालिका १ मा झोर एक्सटेन्सन काउण्टर तथा आरुवारी एक्सटेन्सन काउण्टर गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ आरुवारीमा स्थापना गरेको हो ।

बैंकले मध्यपुर थिमी ९ निर्पुर नेकोसेरामा नेकोसेरा एक्सटेन्सन काउण्टर , जैसिदेवल एक्सटेन्सन काउण्टर, आरआरएम क्याम्पस एक्सटेन्सन काउण्टर जनकपुरधाम, महाराजगञ्ज एक्सटेन्सन काउण्टर र छाउनी एक्सटेन्सन काउण्ट सञ्चालनमा ल्याएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?