१२ आश्विन २०७९, बुधबार

गण्डकीका १५ सिटमा टुंगियो गठबन्धनको बाँडफाँट, कुन क्षेत्रमा को उठ्दै ?

२०७९,आश्विन,६,बिहीवार १२:२१

207
Shares

पोखरा । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनले गण्डकीका १५ सिटमा भागबण्डा मिलाएका छन् ।

१८ मध्ये ३ सिटको बाँडफाँट टुंगिन बाँकी छ । हालसम्म टुंगिएको सिटमध्ये प्रतिनिधिसभातर्फ गोरखा, लमजुङ र बागलुङमा कांग्रेसका उम्मेदवार रहने छैनन् । मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी, स्याङजा र तनहुँमा कांग्रेसका मात्रै उम्मेदवार हुनेछन् ।

गोरखा १, नवलपुर २ र कास्की ३ को सिट बाँडफाँट भएको छैन । कास्की ३ मा कांग्रेस र माओवादीको दाबी छ भने नवलपुर २ मा कांग्रेस, माओवादी र एकीकृत समाजवादी तथा गोरखा १ मा कांग्रेस र माओवादीले दाबी छोडेका छैनन् । स्रोतका अनुसार गोरखा १ मा माओवादीले नै पाउने पक्काजस्तै छ ।

कास्की ३ माओवादी र नवलपुर २ एकीकृत समाजवादीले पाउन सक्ने बताइएको छ । मनाङमा कांग्रेसबाट टेकबहादुर गुरुङको नाम सर्वसम्मत छ भने मुस्ताङबाट पुनः रोमी गौचन चुनाव लड्ने बुझिएको छ । नवलपुर १ बाट डा.शशांक कोइराला, पर्वतमा अर्जुनप्रसाद जोशी, म्याग्दीमा खमबहादुर गर्बुजा (खम्बीर), तनहुँ १ बाट रामचन्द्र पौडेल उठ्ने लगभग निश्चित प्रायः छ ।

तनहुँ २ मा शंकर भण्डारी र प्रदीप पौडेलमध्ये १ ले टिकट पाउने बुझिएको छ । स्याङजा १ बाट राजु थापा वा धनराज गुरुङ तथा स्याङजा २ बाट भागवत प्रकाश मल्लले नै टिकट पाउने सम्भावना छ ।

कास्की १ बाट पूर्वमन्त्री यज्ञबहादुर थापा, निवर्तमान जिल्ला सभापति कृष्णबहादुर केसीसहितका नेताहरू रेसमा छन् । लमजुङमा माओवादीबाट देवप्रसाद गुरुङ, बागलुङ १ मा जनमोर्चाका चित्रबहादुर केसी, बागलुङ २ मा माओवादीका देवेन्द्र पौडेल, गोरखा २ मा समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले टिकट पाउने लगभग पक्का जस्तै छ ।

यस्तै, कास्की २ मा एकीकृत समाजवादीबाट तुलबहादुर गुरुङको सम्भावना बढी छ । उम्मेदवार आकांक्षीहरु धेरै भएकोले टिकट वितरणमा योगदानलाई हेरेर वितरण हुने बताइएको छ ।

प्रकाशित मिति: २०७९,आश्विन,६,बिहीवार १२:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलएको छ । अगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ

काठमाडौं । सरकारले नेपाल राजश्व परामर्श विकास समिति गठन आदेश २०७६ खारेज गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले संस्कृतिलाई समयानुकुल परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

ताजा समाचार

टिपर चोरी गरेको आरोपमा एक जना पक्राउ
 २०७९,आश्विन,१२,बुधबार १८:१४
चट्याङ लागेर दुई जनाको मृत्यु
 २०७९,आश्विन,१२,बुधबार १७:४९