२१ आश्विन २०७९, शुक्रवार

युरोपमा ग्यास संकट : युनिपरलाई राष्ट्रियकरण गर्ने जर्मनीको तयारी

२०७९,आश्विन,६,बिहीवार १२:१०

90
Shares

काठमाडौं । जर्मनीले युक्रेन युद्धबीच ऊर्जा आपूर्ति सुरक्षित गर्ने प्रयासमा ग्यास कम्पनी युनिपरलाई राष्ट्रियकरण गर्ने भएको छ । यो सम्झौताले जर्मन सरकारले ८ दशमलब ५ अर्बको लागतमा कम्पनीको ९८ दशमलब ५ प्रतिशत हिस्सेदारी लिनेछ ।

जर्मनी रुसी ग्यासको युरोपको सबैभन्दा ठूलो आयातकर्ता हो र रसियाले हालैका महिनाहरूमा आपूर्ति घटाएकोले ग्यास अभाव भएको छ । सम्झौताले युनिपरको ऊर्जा आपूर्तिकर्ताको भूमिकालाई मद्दत गर्ने युनिपरका प्रमुख कार्यकारी क्लाउस–डिएटर माउबाचले बताए ।

मर्मत गर्ने भन्दै रुसको मुख्य ग्यास कम्पनी गाजप्रोमले मुख्य पाइपलाइन नोर्ड स्ट्रिम १ मार्फत हुने ग्यास निर्यात रोकेको थियो ।

रुसले युक्रेनमा आक्रमण गर्नुअघि युरोपलाई यसको ४० प्रतिशत प्राकृतिक ग्यास आपूर्ति गरेको र बिस्तारै आपूर्ति कटौती गरेर पश्चिमी प्रतिबन्धको बदला लिएको थियो ।

एजेन्सी

प्रकाशित मिति: २०७९,आश्विन,६,बिहीवार १२:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । थाइल्याण्डको उत्तरपूर्वी प्रान्तमा रहेको बालबालिकाको दिवा हेरचाह केन्द्रमा बिहीवार भएको गोलीकाण्डमा कम्तीमा ३१ जनाको मृत्यु भएको प्रहरीले जानकारी

काठमाडौं । यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकहरु क्यारोलिन बर्टोजी, मोर्टन मेल्डल र ब्यारी शार्पलेशलाई संयुक्त रुपमा प्रदान गरिने

काठमाडाैं । इक्वेडरको सबैभन्दा ठूलो जेलमध्ये एक लाटाकुंगामा कैदीहरूबीचको झडपमा कम्तिमा १५ कैदीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । गार्डहरूले

काठमाडौं । कतारमा हुन गईरहेको विश्व कप फुटबलको सुरक्षा सहयोग गर्नका लागि टर्कीले आफनो प्रहरी पठाउने भएको छ । टर्कीको

ताजा समाचार

दक्षिण अफ्रिकाले भारतलाई हरायो
 २०७९,आश्विन,२१,शुक्रवार ०७:५९
बडादसैँको टीका आज पनि लगाइदै
 २०७९,आश्विन,२१,शुक्रवार ०७:४८
थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,आश्विन,२१,शुक्रवार ०७:३४