रुसलाई तत्काल सजाय दिइयोस् : जेलेन्स्की

लोकपथ
117
Shares

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई सजाय दिन राष्ट्रसंघसँग अनुरोध गरेका छन् ।

‘युक्रेनविरुद्ध अपराध गरिएको छ र हामी न्यायको माग गर्दछौँ’, जेलेन्स्कीले भने । रुसले विश्व निकायको सिद्धान्तहरू उल्लंघन गरेको उनले आरोप लगाए । जेलेन्स्कीले युक्रेनविरुद्धको आक्रमणको अपराध र जवाफदेहिता सुनिश्चित गर्न रसियाविरुद्ध विशेष न्यायाधिकरणको स्थापना गर्न आह्वान गरे ।

उनले आक्रमणको क्रममा युक्रेनीलाई क्षतिपूर्ति दिन कोषको लागि आह्वान गरे । जेलेन्स्कीले संयुक्त राष्ट्र संघलाई सुरक्षा परिषदमा रुसको भिटो शक्ति हटाउन पनि आग्रह गरे ।

युक्रेनले यसअघि मस्कोमा रुस नभई पूर्व सोभियत संघको सिट रहेको तर्क गरेको थियो।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?