वीर अस्पताल परिसरका फार्मेसीमा आज महानगरले डोजर चलाउने

लोकपथ
169
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल परिसरको औषधि पसल रहेका सटरहरू भत्काउन २४ घण्टे चेतावनी दिएको छ । काठमाडौं महानगर प्रहरीले वडा नम्बर २७ को वडा कार्यालयको सिफारिसमा ८ वटा सटर भत्काउन लागेको हो ।

कामपा प्रहरीले बुधबार दिउँसो २४ घण्टाभित्र टहरा भत्काउन चेतावनी दिँदै माइकिङ गरेको थियो ।

दिउँसो २ बजेसम्म पनि उनीहरुले संरचना नहटाए भत्काउने काठमाडौं महानगर प्रहरीका प्रमुख (एसपी) राजुनाथ पाण्डेले लोकपथलाई जानकारी दिए ।

‘हामीले आज दिउस २ बजेसम्मको समय दिएका छौँ उक्त समयसम्म उहाँहरुले नहटाए डोज्सहित हामी पुग्ने छौँ’। पाण्डेले भने ।

महानगरको अल्टिमेटमसँगै हाल विर अस्पताल वरपरका फार्मेसीहरु सटर बन्द गरेर सामानहरु सार्ने क्रममा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?