बागमती प्रदेश स्तरीय कराँते प्रतियोगिता हुने

लोकपथ
65
Shares

काठमाडौं । नेपाल सितोरियो कराँते संघ, शाखा डोजो भारदेउको आयोजनामा कोन्ज्योसोम कप बागमती प्रदेश स्तरीय कराँते प्रतियोगिता हुने भएको छ । प्रतियोगिता असोज १४ गतेबाट हुनेछ ।

प्रतियोगितामा विभिन्न १३ जिल्लाका ५ सय ५ खेलाडीको सहभागिता रहने आयोजक डोजोका प्रमुख प्रशिक्षक दिलबहादुर घलानले जानकारी दिए । कुमुतेतर्फ पुरुषमा ११ र महिलामा ९ गरी १९ स्पर्धामा खेल हुनेछ ।

पुरुष–महिलाको एकल काँतामा पनि खेल हुनेछ । एकदिने प्रतियोगिताका खेल कोन्ज्योसाम गाउँपालिका– ५ भारदेउस्थित गुप्तेश्वर आधारभूत विद्यालयमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?