कैलालीमा आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ, छोरीको अवस्था गम्भीर

भारतबाट हिजो मात्रै फर्केका थिए घर

लोकपथ
390
Shares

काठमाडौं । कैलालीमा एक महिलाको हत्या गर्ने श्रीमान पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका-५ मा अन्दाजी ३२ वर्षीया ललिता नामजाली मगरको उनकै श्रीमान शेरबहादुर नामजाली मगरले हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

‘बिहीबार बिहान हत्या गरेको अवस्थामा शव भेटिएपछि हामीलाई खबर भयो । घटना पछि उनको श्रीमान फरार रहेका थिए अहिले पक्राउ गरेर अनुसन्धान गर्दैछौँ ।’

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) बेद जोशीले लोकपथसँग भने । ललिताकी १७ वर्षीय छोरीपनि घाइते भएकी छिन् । उनको अवस्था गम्भीर रहेको छ ।

उनीमाथि पनि धारिलो हतियार प्रहार भएको डीएसपी जोशीले बताए । घाँटीमा चोट लागेकी उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

ललिताकी छोरापनि सामान्य घाइते भएका छन् । भारतमा रहेका शेरबहादुर बुधबार मात्र नेपाल फर्किएका थिए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?