आईपीओ निष्कासन तथा बिक्री गर्न बरुण इन्भेष्टमेन्ट र ग्लोबल आइएमई क्यापिटलबीच सम्झौता

लोकपथ
91
Shares

काठमाडौं । बरुण इन्भेष्टमेन्ट लिमिटेडले सर्वसाधारण (कम्पनीका कर्मचारी र सामुहिक लगानी कोष समेत) लाई छुट्याएको १५ लाख कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा काठमाण्डौंमा आयोजना गरिएको एक कार्यक्रममा उक्त कम्पनी र क्यापीटलबीच शेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

सम्झौतापत्रमा बरुण इन्भेष्टमेन्ट लिमिटेडको तर्फबाट अध्यक्ष शिव प्रसाद घिमिरे र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री पारस मणी ढकालले हस्ताक्षर गरेका छन् । वि.सं. २०७७ सालमा पब्लिक कम्पनीको रुपमा स्थापना भई ललितपुरको भनिमण्डल–४ मा रजिष्टर्ड कार्यालय रहेको बरुण इन्भेष्टमेन्ट कम्पनीको अधिकृत पुँजी ६० करोड रुपैयाँ र जारी पुँजी ६० करोड रुपैयाँ रहेको छ । संस्थापक समुहको ७७ प्रतिशत शेयर रहेको यस कम्पनीमा १७ जना संस्थापक शेयरधनीहरुबाट ४० करोड बराबरको शेयरपुँजी चुक्ता भैसकेको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर विशेष गरी उर्जा क्षेत्रमा लगानी गर्ने यो कम्पनीमा एस.जि गु्रप मुख्य लगानीकर्ताको रुपमा रहेको छ । बरुण इन्भेष्टमेन्ट लिमिटेडले बझाङ्गस्थित कलंगा हाईड्रो लिमिटेड (१५ दशमलव ३३ मेगावाट) , सानीगाड हाईड्रो लिमिटेड (३८ दशमलव ४७ मेगावाट) र बुङगल हाईड्रो लिमिटेड (१० दशमलव ७० मेगावाट) गरी ३ हाईड्रो कम्पनीमा कुल ६४ दशमलव ४९ मेगावाटमा मुख्य लगानी कर्ताको रुपमा रहेको छ ।

हाल पनि बरुण इन्भेष्टमेन्ट ले संखुवा खोलामा हाईड्रो प्रवद्धन गर्ने तयारीमा रहेको गुराँस हाईड्रो प्रालि (४१ द्यशमलव ०६ मेगावाट) मा पनि लगानी प्रतिबद्धता जनाएको छ । बरुण इन्भेष्टमेन्ट तथा ग्लोबल आइएमई क्यापिटल ले यसै श्रावण भित्रमा (आईपीओ) ल्याउने गरी तयारी थालेको छ । बरुण इन्भेष्टमेन्टले भविष्यमा अरु पनि थप हाईड्रोपावर, होटेल , कृषि लगाएतका क्षेत्रमा पनि लगानी गर्ने तयारी रहेको कम्पनीका संस्थापक अध्यक्ष शिव प्रसाद घिमिरेले बताए । घिमिरे एस.जि गु्रपका अध्यक्षसमेत हुन् । बरुण इन्भेष्टमेन्टमा मुख्य लगानिकर्ताका रुपमा रहेको एस.जि गु्रपको एलपिजि ग्यास बोटलिङ्ग , पेट्रोलियम पदार्थ वितरण, अटोमोबिल, चिया, निमार्र्ण, बैकिङ्गलगाएत विभिन्न क्षेत्रमा लगानि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?