लोकपथ टप फिप्टिन : राष्ट्रपतिबाटै संवैधानिक व्यवस्थाको उल्लंघन, अनशनरत डा. केसी आए काठमाडौं

लोकपथ
114.2k
Shares

१. राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था उल्लंघन गरेको सत्ता गठबन्धनको ठहर, कानुनविद्हरुको रायका आधारमा गठबन्धनले थप धारणा बनाउने ।

२. नेपाली कांग्रेसको निर्वाचन घोषणापत्र तयारी समितिमा ४१ सदस्य मनोनित, महामन्त्री विश्वप्रकाश शर्मालाई संयोजकको जिम्मेवारी ।

३. राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको कदमको युवा संघ नेपालले गर्याे स्वागत, काठमाडौंको बानेश्वरमा स्वागत र्‍याली, राष्ट्रपतिको कदमलाई ऐतिहासिक कदमको संज्ञा ।

४. राष्ट्रपतिको कदमविरुद्ध अदालत जाने तयारीमा रहेको नेकपा माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डको भनाइ, राष्ट्रपतिको कदमविरुद्ध आजैदेखि युवा विद्यार्थीहरु सडकमा आन्दोलित भइसकेकाले अब संघर्ष नरोकिने अडान ।

५. जय नेपाल हलसहित ४१ कम्प्लेक्सलाई काठमाडौं महानगरपालिकाको उर्दी, १० दिन भित्र कर नबुझाए कारवाही गर्ने चेतावनी ।

६. अनसनरत डा। गोविन्द केसी थप उपचारका लागि काठमाडौं आइपुगे, त्रिभुवन शिक्षण अस्पतालमा थप उपचार गरिने ।

७. नेपाल र जापानबीच तराई सिंचाई र शहरी प्रशारण प्रणाली सुधारका दुई सम्झौतामा हस्ताक्षर, हस्ताक्षरसँगै नेपालले करिब दुई अर्ब नेपाली रुपैयाँ अनुदान सहायता पाउने ।

८. फुटपाथ र सार्वजनिक स्थान व्यवस्थित गर्ने अभियानमा जुट्यो ललितपुर महानगरपालिका, अतिक्रमण गरेर बनाइएका संरचना हटाउन ३५ दिने सूचना ।

९.सामाजिक सुरक्षा भत्ता हिनामिना गर्ने जुम्ला, चन्दननाथ नगरपालिकाका पञ्जिकरण शाखा प्रमुख खरिदार राजेन्द्रबहादुर भण्डारीविरुद्ध भष्ट्राचार मुद्दा दायर, २० लाख ७८ हजार ६ सय रुपैयाँ छोराको व्यक्तिगत खातामा जम्मा गरेको आरोप ।

१०.नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ३ हजार ४ सय ४७ परीक्षणमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ७५ जना कोरोना संक्रमण मुक्त ।

११. बुधबार सेयरमा दोहोरो अंकको सुधार, नेप्से ११ दशमलव २२ अंकले बढ्दा कारोबार रकम ७२ करोडमा सीमित ।

१२. रुसी राष्ट्रपति पुटिनले दिए देशमा सैन्य परिचालनको आदेश, पुटिनको सेना परिचालन आदेश कमजोरीको संकेत भएको अमेरिकाको टिप्पणी ।

१३. म्यानमार सेनाले विद्यालयमा गोली चलाउँदा १३ जनाको मृत्यु, दर्जनौ घाइते, विद्रोहीहरूले आफूमाथि आक्रमण गर्न भवन प्रयोग गरेकाले गोली चलाउनुपरेको सेनाको दाबी ।

१४. अर्जेन्टिनाका मेस्सी, ब्राजिलका नेयमार र फ्रान्सका एमबाप्पेलाई पछि पार्दै रोनाल्डो बने सर्वाधिक प्रभावशाली फुटबलर, म्यानचेस्टर युनाईटेडका रोनाल्डोको औषत प्रति पोस्ट मूल्य ३।५ मिलियन भन्दा बढी ।

१५. नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीको आईसीसी ब्याटिङ वरीयतामा सुधार, नयाँ वरीयता अनुसार कुशल ५१ औं तथा दीपेन्द्र ५८ औं स्थानमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?