सप्तरीमा पनि जल्यो राष्ट्रपतिको पुत्ला

लोकपथ
13
Shares

सप्तरी । जनता समाजवादी पार्टी नेपालले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेको भन्दै बुधवार राजविराजमा राष्ट्रपतिको पुतला दहन गरेको छ ।

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको ठाडो उलङ्घन गरेको भन्दै संविधान विरोधी राष्ट्रपतिको पुतला जलाईएको जसपाका अध्यक्ष केदार प्रसाद यादवले बताए ।

अध्यक्ष यादवको नेतृत्वमा निस्केको जुलुसले नगरको विभिन्न स्थानको परिक्रमा गरी स्थानीय जनआन्दोलन चोकमा पुतला दहन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?