चार वर्षीय बालक अपहरण गरेको आरोपमा चितवनबाट भारतीय महिला पक्राउ

लोकपथ
78
Shares

भरतपुर । चार वर्षीय बालक अपहरण गरेको आरोपमा चितवन प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको रहसी गाउँ घर भएकी ३८ वर्षीया अनिता पाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भरतपुर महानगरपालिका १७ गञ्जनगर घर भएका चार वर्षीया बालकलाई पालले मंगलवार दिउँसो ललाइफकाइ लैजान लागेकी थिइन् ।

पालको व्यवहार शंकास्पद लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थाल्दा बालकको अपहरण गरी लैजान लागेको खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी पालविरुद्ध चितवन जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा चार दिनको म्याद लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?