१२ आश्विन २०७९, बुधबार

सेती अस्पतालमा उपचारमा सास्ति पाएको गुनासोपछि स्वास्थ्यवस्था बुझ्न बिरामीको घरमै पुगे सदस्य भट्ट

२०७९,आश्विन,५,बुधबार १९:०३

9
Shares

धनगढी । सेती प्रदेशीक अस्पताल धनगढीका व्यवस्थापन समिति सदस्य दिल्लाराज भट्टले एक मिर्गौला पीडितको घरमै पुगेर भेटेका छन् । केही दिन पहिले डाइलायसिस सेवाका लागि अस्पताल आएका बिरामीले अस्पतालमा उपचारको क्रममा समस्या भोग्नु परेको भन्दै गुनासो गरेका थिए ।

उपचारको लागि बिरामीको साथ आएकी उनकी दिदीले उपचारको क्रममा समस्या भोग्नु गरेको भन्दै रोएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

सामाजिक सञ्जालमा अस्पतालमा उपचार गर्ने क्रममा सास्ती भएको भन्दै सेवाग्राही रोएको भिडियो आफूले देखिपछि ठेगाना पत्ता लगाएर भेट्न घरमै पुगेको सदस्य भट्टले बताए । मिर्गौला रोगबाट पीडित भएर विगत एक वर्षदेखि नियमित हप्तामा दुई पटक डायलाइसिस गराइरहेका कञ्चनपुरको पुर्नवास नगरपालिका–११ का २५ वर्षीय एक युवकको घरमै पुगेर भट्टले बिरामी र उनका आफन्तसँग भेट गरेका हुन् ।

उनले स्वास्थ्य लाभको कामना गर्दै बिरामिकि दिदीलाई सोधेका थिए, ‘सेती प्रादेशीक अस्पतालमा उपचारको क्रममा रोएको भिडियो सामाजिक सञ्जालमा निक्कै भाइरल भएको देखे । मैले तपाईंलाई चिनेको थिइन । तपाईंको ठेगाना पत्ता लगाएर आएको हुँ । त्यो दिन समस्या के भएको थियो । तपाईंले अस्पतालमा उपचारको क्रममा के समस्या भोग्नु परेको थियो ।’

जवाफमा बिरामीकी दिदीले भाइको उपचाको क्रममा अस्पतालमा निकै समस्या भएको बताएकी थिइन् । ‘भाइको डायलाइसिस गराउन जाँदा अस्पतालको फार्मेसीमा औषधि छैन भनियो । बाहिर पनि औषधि पाइएन,’ उनले भनिन् । बाहिरबाट भित्र जान भन्ने र भित्रबाट बाहिर जान भन्ने गरेकाले आफूले निकै सास्ति खेपेको उनको गुनासो थियो । पहुँच हुनेहरूले आँखै अघि औषधि लगेको देख्दा पीडा भएको उनले बताइन् ।

जवाफमा भट्टले आफूहरू आएको धेरै नभएको र अस्पतालका कमजोरी सुधार गर्दै लगिने प्रतिवद्धता जनाएका थिए । उनले अस्पताललाई जनमैत्री बनाउन आफूहरू निरन्तर सक्रिय रहेको बताएका थिए । उनले आगामी दिनमा यस्ता कमजोरी दोहोरिन नदिने भन्दै क्षेमायाचना गरेका थिए ।

यसरी समस्या भएको थाहा पाएर अस्पताल व्यवस्थापन समितिकै सदस्यले घरमा आएर स्वास्थ्यवस्था बुझ्दा खुसी लागेको बिरामीका आफन्तले बताएका थिए । उनले सुधारका लागि यसरी तदारुकता देखाउँदा अस्पतालको व्यवस्थापनमा सुधार आउने विश्वास व्यक्त गरेका थिए ।

प्रकाशित मिति: २०७९,आश्विन,५,बुधबार १९:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका

भैरहवा । दसैं पर्वलाई लक्षित गर्दै भैरहवामा दसैं सस्तो बजार सुरु भएको छ । उद्योगी व्यवसायीहरूको साझा संस्था सिद्धार्थ उद्योग वाणिज्य

धनगढी । लागूऔषधसहित कैलाली प्रहरीले धनगढीबाट तीन जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिकास्थित वडा नम्बर २ सन्तोषी टोलबाट उनीहरूलाई पक्राउ

तेह्रथुम । नेपाल सरकारले दिने स्वास्थ्य सुविधा छथर गाउँपालिकाले उपलब्ध गराउने भएको छ । मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका क्यान्सर

ताजा समाचार

टिपर चोरी गरेको आरोपमा एक जना पक्राउ
 २०७९,आश्विन,१२,बुधबार १८:१४
चट्याङ लागेर दुई जनाको मृत्यु
 २०७९,आश्विन,१२,बुधबार १७:४९