नयाँ पुस्ताको लागि नयाँ फोन अन्तर्गत सामसुङ ल्यायो ‘ग्यालेक्सी ए०४एस’

लोकपथ
117
Shares

काठमाडौं । नयाँ सुविधा र विशेषताको साथ सामसुङले ‘ग्यालेक्सी ए०४एस’ बजारमा ल्याएको छ । जस मार्फत सबैले उत्कृष्ट मोबाइल अनुभव प्राप्त गर्न सक्नेछन् । ‘ग्यालेक्सी ए०४एस’को साथमा फोटोग्राफीको नयाँ युग, सामसुङको ट्रिपल रियल क्यामरालगायतको अनुभव गर्न लिन सकिने कम्पनीले जनाएको छ ।

‘ग्यालेक्सी ए०४एस’मा एउटा ५० एमपी मेन क्यामरा, २ एमपीको रिफाइन्ड म्याक्रो क्यामरा र २ एमपी को डेप्थ क्यामरा उपलब्ध रहेको बताइएको छ । यसैका साथै ५ एमपी सेल्फी क्यामरा पनि फोनमा समावेश छ । जसले सेल्फी फोकस फिचर दिने सामसुङले जनाएको छ ।
ग्यालेक्सी ए०४एस ‘९०एच जेड रिफ्रेस रेटको साथ ६ दशमलव ५ एच डी एमोलिड डिस्प्लेसँग ।

एक चोटिको चार्जमा पुरा २ दिनसम्म टिक्ने ५ सय एमएएच ब्याटरीको साथमा सामसुङले जरुरी काम गर्नका लागि पर्याप्त समय दिने बताएको छ । सार्वजनिक फोनबाट मनपर्ने शो स्ट्रिमिङ्ग तथा सोसल मिडिया स्क्रोलिङ्ग गर्न सहज हुने पनि बताइएको छ । ए०४एस कालो, कपर र हरियो गरी तीन आकर्षक रंगहरूमा उपलब्ध छ ।

१२८ जीवी र्‍याम सहितको ४ जीबी र्‍याम भएको ग्यालेक्सी ए०४एस को मूल्य २१ हजार ९ सय ९९ छ भने ६४ जीबी र्‍यामसँग ४ जीवी र्‍याम भएको फोनको मूल्य १९ हजार ९ सय ९९ रहेको छ । ग्यालेक्सी ए०४एस ले ए सिरिज को हरेक मूल्यदरमा गुणस्तरीय स्मार्टफोन उपलब्ध गराउन र आफ्नो युजरको लागि चाहिने सबै आवश्यक सुविधा र विशेषता सबैको पहुँचमा हुने मूल्यमा दिएर यो सिरिजको प्रवृतिलाई कायम राख्न सक्षम रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?