लक्ष्मी क्यापिटल र उर्जा डेभलपर्सबीच लगानी सम्झौता

लोकपथ
78
Shares

काठमाडौं । निजी इक्विटी र भेन्चर क्यापिटलको लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र उर्जा डेभलपर्सबीच इक्विटी लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

समझदारी पत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटा र उर्जा डेभलपर्सका तर्फबाट प्रबन्ध निर्देशक भानु पोखरेलले हस्ताक्षर गरेका हुन् ।

नेपालको विभिन्न स्थानमा जलविद्युत आयोजना निर्माण गर्नुका साथै नवीकरणीय उर्जा सम्बन्धी विभिन्न सेवाहरु उपलब्ध गराउँदै आएको संस्था उर्जा डेभलपर्स र लक्ष्मी क्यापिटलबीच गत असोज २ मा समझदारी भएको थियो ।

लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले आफ्नो धारण राख्दै मर्चेन्ट बैकिङ तथा परामर्श सेवामा विगतको सफल अनुभव रहेकोले नवीकरणीय र स्वच्छ ऊर्जा मार्फत देश विकासमा योगदान पुर्‍याइरहेको उर्जा डेभलपर्ससँग सहकार्य गर्दै इक्विटी लगानी गर्न पाउँदा गर्व महसुस भएको बताए ।

उर्जा डेभलपर्सका प्रबन्ध निर्देशक भानु पोखरेलले इक्विटी लगानीका लागि लक्ष्मी क्यापिटललाई आभार व्यक्त गदै लक्ष्मी क्यापिटल संगको यस सम्झौताले उर्जा डेभलपर्सको पोर्टफोलियो र कम्पनी अन्तर्गत रहेका अन्य परियोजनाहरूको लागि कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?