काठमाडौं । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारसहितको माग राख्दै अनसनरत डा.गोविन्द केसीलाई काठमाडौं ल्याइएको छ । उनकाे स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि काठमाडौं ल्याइएको हो ।
धनगढीको सेती प्रादेशिक अस्पतालमा १० दिनदेखि अनसनरत डा.केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको अस्पतालले यसअघि विज्ञप्तिमार्फत् जनाएको थियो । मंगलबार सरकारले केसीलाई लिन हेलिकप्टर पठाए पनि सरकार अपहरण गर्ने नियत र शैलीमा प्रस्तुत भएको भन्दै उनी आउन मानेका थिएनन् ।
केसीले आफूलाई जबर्जस्ती गरे सह्य नहुने भन्दै आउन नमानेपछि सेनाको हेलिकप्टर फर्किएको थियो । आज भने उनी आफ्नै खर्चमा आउन तयार भएका हुन् ।
सरकारी खर्चमा काठमाडौं नजाने घोषणा गरेका केसी बुधबार आफ्नै खर्चमा प्लेन टिकट काटेर काठमाडौं गएका उनका सहयोगी डाक्टर अमृत जैशीले बताए । उनी अहिले पौने ५ बजेको प्लेन मार्फत काठमाडौं गएका हुन् ।
स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उपचारमा संलग्न डाक्टरले केसीलाई काठमाडौं जान सुझाव दिएका थिए । स्वास्थ्यकर्मीको सुझाव अनुसार केसी आफ्नै खर्चमा काठमाडौं गएका सेती प्रादेशिक अस्पतालका सिनियर फिजिसियन कन्सल्टेन्ट डाक्टर शेरबहादुर कमरले बताए ।
मंगलबार सम्म माग पूरा नभएसम्म काठमाडौं नजाने अडानमा बसेका केसीलाई बुधबार सिनियर स्वास्थ्यकर्मीले सम्झाएपछि उनी काठमाडौं जान सहमत भएका हुन् । काठमाडौंमा केसीलाई टिचिङ हस्पिटलमा राखेर उपचार दिइने जनाइएको छ ।
स्वास्थ्य समस्या देखिएको भन्दै मंगलबार सरकारी पहलमा डाक्टर केसीलाई काठमाडौं लैजाने प्रयास गरेको थियो । तर केसीले सरकारी खर्चमा नजाने अडान लगेपछि उनलाई ओसार्न धनगढी पुगेको नेपाली सेनाको एयर ट्रक काठमाडौं फर्केको थियो ।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारसहित ७ बुँदे माग राखेर धनगढीमा डा.केसी २० औँ सत्याग्रहमा बसेका थिए ।
डा.केसीले अनसन बस्नुुअघि शिक्षा र स्वास्थ्यमा सबैको समान पहुँच हुनुपर्ने संविधानमै उल्लेख भए पनि माफियासँग सबै दलका नेताहरु मिलेका कारण गरिब जनताले शिक्षा र स्वास्थ्यबाट वञ्चित हुनु परेकोले सत्याग्रह गर्नुपरेको बताए थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया