कोरोना अपडेट : ८१ जनामा संक्रमण पुष्टि

लोकपथ
13
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ४ सय ४७ जनामा गरिएको कुल परीक्षणबाट थप ८१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा नेपालमा कोरोनाबाट कसैले पनि ज्यान गुमाएको छैन् ।

त्यस्तै, तथ्यांकमा पछिल्लो २४ घण्टामा १ सय ७५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने यो सँगै देशभरमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ८३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?