नेपाल टेलिकमद्वारा सजिलो प्रिपेड कम्बो अफर सार्वजनिक

लोकपथ
130
Shares

काठमाडौं । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि किफायती मूल्यका दैनिक प्रयोग गर्न सकिने साथै मासिक रुपले प्रयोग गर्न सकिने सजिलो प्रिपेड कम्बो अफर उपलब्ध गराइरहेको छ । कम्पनीका प्रिपेड मोबाइलका ग्राहकहरुका लागि कम्पनीले असोज २ गतेदेखि १ सय ९९ रुपैयाँदेखि ६ सय ९९ रुपैयाँसम्मका भ्वाइस, डाटा र सन्देश पठाउन सकिने प्याकहरु ल्याएको हो ।

एकपटक लिएपछि २८ दिनसम्म प्रयोग गर्न सकिने यस अफर अन्तर्गत १ सय ९९ रुपैयाँमा ४ हजार २ सय एमबी (दैनिक १५० एमबी) डाटा, ४ सय २० मिनेट (दैनिक १५ मिनेट) कुराकानी गर्ने र ४ सय २० (दैनिक १५) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध गराएको छ । त्यस्तै, ३ सय ४९ रुपैयाँमा १४ हजार एमबी (दैनिक ५०० एमबी) डाटा, १ हजार ४ सय मिनेट (दैनिक ५० मिनेट) कुराकानी गर्ने र १ हजार ४ सय (दैनिक ५०) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।

यसैगरी, ४ सय ९९ रुपैयाँमा १९ हजार ६ सय एमबी (दैनिक ७ सय एमबी) डाटा, १ हजार ९ सय ६० मिनेट (दैनिक ७० मिनेट) कुराकानी गर्ने र १ हजार ९ सय ६० (दैनिक ७०) वटा सन्देश पठाउन सकिने सुविधा प्रयोग गर्न सकिन्छ । यस अफर अन्तर्गत ६ सय ९९ रुपैयाँमा २८ जिबी (दैनिक १ जिबी) डाटा, २ हजार ८ सय मिनेट (दैनिक १०० मिनेट) कुराकानी गर्ने र २ हजार ८ सय (दैनिक १ सय) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । अफर अन्तर्गत उपलब्ध सबै सुविधाहरु खरिद गरेको मितिदेखि २८ दिनसम्म सबै नेटवर्कमा प्रयोग गर्न सकिन्छ ।

यसका साथै यस अफर अन्तर्गत सन्देश मात्र पठाउनु पर्ने ग्राहकको आवश्यकतालाई ध्यानमा राखी ९८ रुपैयाँमा २८ दिन भित्रमा ६ सय वटा र ६० मा जम्मा ३ सय वटा सन्देश पठाउन सकिने सुविधा पनि उपलब्ध गराइएको छ । आफ्नो मोबाइलबाट एस्ट्रीक १४१५ ह्यास डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिन्छ । यस अफरबाट प्रिपेड सेवाका ग्राहकहरुले लाभ लिने अपेक्षा कम्पनीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?