१२ आश्विन २०७९, बुधबार

कर्णालीमा २८ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची

२०७९,आश्विन,५,बुधबार १६:१३

27
Shares

सुर्खेत । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ४८ दलले निर्वाचन आयोगमा समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची पेस गरेका छन् । कर्णाली प्रदेशमा भने २८ दलले बन्दसूची बुझाएका छन् ।

प्रदेशसभा सदस्यका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउनेहरूमा राष्ट्रिय जनमोर्चा, मंगोल नेसनल अर्गनाइजेसन, नेपाल मजदुर किसान पार्टी, नेपालका लागि नेपाली पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी केन्द्र, राष्ट्रिय जनमुक्ति पार्टी र नेकपा एमाले छन् ।

यसैगरी, नागरिक उन्मुक्ति पार्टी, नेकपा माले, नेपाली कांग्रेस बीपी, नेश्नललिष्ट पिपुल्स पार्टी, राप्रपा नेपाल, विवेकशील साझा पार्टी, नेकपा माओवादी समाजवादी, नेपाली जनता दल, नेपाल लोकतान्त्रिक पार्टी र हाम्रो नेपाल पार्टीले पनि बन्दसूची बुझाएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार सामाजिक एकता पार्टी, नेकपा समाजवादी र नेपाल दलित पार्टीले संयुक्त रूपमा बन्दसूची पेस गरेका छन् । संयुक्त रूपमै बन्दसूची बुझाउनेमा नेपाल आमा पार्टी, नेपाल नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टी पनि छन् ।

नेकपा माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पनि संयुक्त रूपमा नै बन्दसूची आयोगमा पेस गरेका छन् ।

बन्दसूची बुझाउनेमा जनता समाजवादी पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी, जन समाजवादी पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कांग्रेस छन् । कर्णाली प्रदेशसभामा समानुपातिक तर्फको सिट संख्या १६ रहेको छ ।

प्रकाशित मिति: २०७९,आश्विन,५,बुधबार १६:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निर्वाचन आयोगले आजबाट प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन व्यवस्थापन प्रशिक्षण सुरु गरेको छ । ‘प्रतिनिधि सभा तथा

काठमाडौं । सत्तारुढ गठबन्धनको तीन घण्टादेखि बैठक बसिरहेको छ । आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका गठबन्धन दल सिट

सुर्खेत । गुर्भाकोट नगरपालिका–१० की मनिसरा नेपाली गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा दलित महिला वडा सदस्यको उम्मेदवार थिइन ।

सुर्खेत । सेवा प्रवाहमा सबैलाई उछिन्दै जाजरकोट एक नम्बरमा आएको छ । कर्णाली प्रदेशका १० जिल्लाको समीक्षाबाट जाजरकोट ६४‍.४ अंक

ताजा समाचार

टिपर चोरी गरेको आरोपमा एक जना पक्राउ
 २०७९,आश्विन,१२,बुधबार १८:१४
चट्याङ लागेर दुई जनाको मृत्यु
 २०७९,आश्विन,१२,बुधबार १७:४९