राष्ट्रपतिको कदमको युवा संघले गर्‍याे स्वागत

लोकपथ
117
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको कदमको युवा संघ नेपालले स्वागत गरेको छ ।

संसदबाट दोस्रो पटक पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष पठाएको नागरिकता विधेयक फिर्ता गरेकोमा युवा संघ नेपालले काठमाडौंको बानेश्वरमा स्वागत र्‍याली निकालेको हो । प्रतिपक्ष दल नेकपा एमालेको भातृ संगठन युवा संघले राष्ट्रपतिको कदमलाई ऐतिहासिक कदमको संज्ञा दिएको छ ।

एमाले भ्रातृ संगठन अनेरास्ववियु र युवा संघका कार्यकर्ताले राष्ट्रपतिको पक्षमा उनको तस्बीर छातीमा टाँसेर सडकमै उत्रिएका छन् । युवासंघले बानेश्वर–माइतीघर सडकखण्डमा गरेको प्रदर्शनमा महेश बस्नेत लगायत एमालेका नेताहरु समेत सहभागि छन् ।

एमाले नेता तथा युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतले समेत प्रदर्शनमा गएर सरकारको विरोधमा र राष्ट्रपतिको समर्थनमा चर्को भाषण गरेका छन् । भ्रातृ संगठन सडकमै उतारेका एमाले शीर्ष नेताहरु भने राष्ट्रपतिको कदमको विषयमा टिप्पणी गरिरहेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?