ललितपुर । ललितपुरको धोवीघाटस्थित रिङरोड बाहिर रहेको एक कवाडी गोदाममा आगलागी भएको छ ।
उक्त गोदाममा आगलागी हुँदा ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा ६५ वर्षीय शिव पोदार र राम आशिष शाहसहित ३ जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।
आगो नियन्त्रणका लागि दमकलसहित अग्नि नियन्त्रकहरू परिचालन गरिएको छ भने घाइतेहरूलाई उपचारका लागि अस्पतालमा लगिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया