ह्वाट्सएपको नयाँ फिचर : ‘अब आफैसँग गर्न मिल्छ च्याट’

लोकपथ
65
Shares

काठमाडौं । लोकप्रिय म्यासेजिङ एप ह्वाट्सएपमा अब आफैले आफैसँग च्याट गर्न सकिने भएको छ । मेटा कम्पनीले ह्वाट्सएपमा आफैसँग च्याट गर्ने नयाँ फिचर सार्वजनिक गरेको हो । मेटाले यसअघि नै आफ्नो अर्को म्यासेजिङ एप फेसबुक म्यासेन्जरमा आफैले आफैसँग कुरा गर्न मिल्ने फिचर प्रयोगमा ल्याएको छ । जसबाट प्रयोगकर्ताहरुले आफैसँग च्याट गर्न सक्नेछन् ।

सिग्नल लगायतका मेसेजिंग एपमा पनि यस्तै फिचर उपलब्ध छ, जसको सहयोगमा प्रयोगकर्ताले आफैसँग च्याट गरी लिस्ट बनाउन, लिंकहरु सेभ आदि गर्न सकिन्छ । ह्वाट्सएपमा भएका सामान्यतया फिचरहरुका बारेमा धेरैलाई थाहा भएपनि आफैसँग च्याट गर्ने फिचर धेरैलाई थाहा नभएको र गज्जबको फिचर रहेको छ ।

ह्वाट्सएपमा आफैसँग च्याट गर्ने काम धेरै अर्थमा उपयोगी हुन सक्दछ । यसबाट प्रयोगकर्ताले विभिन्न लिंक, च्याट तथा भिडियोहरु सेभ गर्न सक्नेछन् र पछि फुर्सदमा ती सामाग्रीहरु हेर्न पनि सकिने छ ।

साथै, यो फिचरबाट प्रयोगकर्ताले सपिङ तथा गर्नुपर्ने अन्य कामको सूचि बनाउन र अन्य डिभाइसहरुमा शेयर गर्न सक्नेछन् । ह्वाट्सएपमा आफैसँग च्याट गर्नका लागि आफ्नो फोन तथा पर्सनल कम्प्युटरमा कुनै पनि ब्राउजर खोल्ने । ह्वाट्सएप खुले पछि प्रयोगकर्ताले आफैसँग च्याट गर्न, नोटहरु थप्न र फोटो तथा भिडियोहरु सेभ गर्न सक्नेछन् ।

यदि प्रयोगकर्ताले कम्प्युटरमा ह्वाट्सएप चलाउँदा भने Continue to Chat लेखिएको बटन सहित विन्डोज खुल्नेछ । उक्त अप्सनमा क्लिक गरेसँगै ह्वाट्सएप वेब तथा ह्वाट्सएप डेस्कटप एप खुल्दछ र त्यहाँ प्रयोगकर्ताका च्याट देखिन्छन् । त्यहाँ प्रयोगकर्ताले आफैसँग च्याट सुरु गर्न सक्नेछन् ।

त्यसरी लिंक तथा टेक्स्टसहित गरेका सबै च्याटहरु फोनमा समेत देखिनेछन् र प्रयोगकर्ताले जुनसुकै डिभाइसबाट ह्वाट्सएप लगइन गर्दा पनि सबै डाटाहरु प्राप्त गर्न सक्नेछन् । यसरी आफैले आफैसँग कुरा गर्ने सेवा अन्य म्यासेजिङ एपहरुमा यसअघि नै प्रयोगमा आईसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?