सुर्खेतमा पनि गुड्ने भयो महिन्द्राको इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रियो’

लोकपथ
91
Shares

सुर्खेत । सुर्खेतमा पनि महिन्द्रा कम्पनीको इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रियो’ सञ्चालनमा आउने भएको छ । महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर चितवन, हेटौँडा, धनगढी, जनकपुरधामलगायतका स्थानमा ल्याएको सञ्चालन पछि अब कम्पनीले इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रियो’ सुर्खेतमा गुडाउने बताएको हो ।

हिजो कम्पनीले एक कार्यक्रम गर्दै ग्राहक एवम् सर्वसाधरणको मन जित्न सफल ट्रियो इलेक्ट्रिक अटो वीरेन्द्रनगर बुलबुले चोक सुर्खेतमा सार्वजनिक गरेको छ । समारोहमा महिन्द्रा ईलेक्ट्रोनिकका अमित साह, अग्नि इनर्जीका सहायक महाप्रबन्धक प्रमोद भण्डारी, सुर्खेत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गणेश कुमार बस्नेत, पत्रकार महासंघका अध्यक्ष केदार बस्याल , वीरेन्द्रनगर नगरपालिकाका उपमेयर निलकण्ठ खनाल , अग्नि इनर्जीका प्रतिनिधि सिरज भुजेललगायतको उपस्थिति रहेको थियो ।

महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालको विभिन्न ठाँउमा ट्रियो बिक्री गर्दै आएको छ । महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक दुई लाख लिटर पेट्रोल अटोको तुलनामा बचत गर्नसक्ने बताइएको छ । अग्नि इनर्जीको वीरेन्द्रनगर बुलबुले चोक सुर्खेतका लागि बिक्रेता कर्णाली अटो सेल्सका प्रबन्ध निर्देशक मदन बुढा मगरका अनुसार महिन्द्रा ट्रियो किन्ने ग्राहकहरूले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सक्छन् ।

उल्लेखनीय विशेषताको आकर्षक सेट, शून्य प्रदूषण र इच्छाइएका गुणहरूका साथ, ट्रिओले नेपालमा कार्यक्षमताका साथै किफायतका लागि नयाँ मानक निर्धारण गर्नेछ । कम्पनिका अनुसार “नेपाल द्रुत गतिमा विकास भइरहेको अर्थतन्त्र हो, जसले वातावरणमैत्री साथसाथै दीर्घकालीन दिगोपनको एजेन्डा अपनाएको छ । नेपाल सरकारले विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्दै आएकाले यहाँ हाम्रो विद्युतीय थ्री व्हीलर सवारी साधनको शुभारम्भ गर्ने सही समय भएको छ ।”

महिन्द्रा एन्ड महिन्द्राका लागि ‘लास्ट माइल मोबिलिटी’का उत्पादनहरू केन्द्रीत क्षेत्र हो र ट्रियो अटो स्थायित्वसँग संयुक्त प्रविधिको एक प्रतिरूप हो, जसले परम्परागत पेट्रोल अटोको तुलनामा ठूलो बचतसँगै आफ्नो स्वमित्वकर्ताको जीविकामा उल्लेखनीय रूपमा वृद्धि गर्नेछ । महिन्द्रा ट्रियो किन्ने ग्राहकहरूले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सक्नेछन् ।

अग्नि इनर्जी प्रालि अग्नि समूहको सहायक कम्पनी र महिन्द्रा इलेक्ट्रिक गाडी महिन्द्रा युटिलिटी सवारी साधन तथा ट्रयाक्टर, डिजेल जेनरेटर आदिको अधिकृत वितरक कम्पनी हो । हाल अग्नि देशकै अग्रणी युटिलिटी सवारी साधनको वितरक भएको र सन् १९९१ देखि नेपालमा महिन्द्रा ब्रान्डको विरासतलाई सफलतापूर्वक निरन्तरता दिँदै आएको छ ।

अग्नि इनर्जी, अग्नी ग्रुपअन्तर्गत जसले सन् २०१२ देखि सञ्चालनमा आएको एउटा नयाँ कम्पनी हो, जुन मुख्यतयाः ऊर्जा क्षेत्र र विद्युतीय सवारी साधनमा केन्द्रीत रहँदै आएको छ । यसका डिलरहरू नेपालभरि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?