घट्यो सुनचाँदीको मूल्य

लोकपथ
52
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधवार तोलामा ५ सय रुपैयाँले घटेर ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजावी सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । बुधवार चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?