२१ आश्विन २०७९, शुक्रवार

पाकिस्तानमाथि इङल्यान्डको जित

२०७९,आश्विन,५,बुधबार ११:५३

81
Shares

काठमाडौं । पाकिस्तानमाथि ६ विकेटको जितसहित इङल्यान्डले मंगलबार सात टी-२० खेलको शृंखलमा सुखद सुरुआत गरेको छ ।

१७ वर्षपछि पाकिस्तान भ्रमण गरेको इङल्यान्डले लुक उड र एलेक्स हेल्सको उत्कृष्ट प्रदर्शनमा सहज जित पक्का गर्यो ।पाकिस्तानले प्रस्तुत गरेको एक सय ५९ रनको लक्ष्य इङल्यान्डले १९.२ ओभरमा मात्र चार विकेटको क्षतीमा पूरा गर्यो ।

इङल्यान्डका हेल्सले ५३ र ह्यारी ब्रुकले अविजित ४२ रन जोडे । हेल्सले ४० बलमा सात चौका प्रहार गर्दा ब्रुकले २५ बलमा सात चौका प्रहार गरे ।

पाकिस्तानका उस्मान कादिरले दुई तथा हरिस रौफ र सहानवाजले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५८ रनको योगफल खडा गरेका थियो ।

पाकिस्तानका ओपनर मोहम्मद रिजवान र कप्तान बाबर आजमले पहिलो विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए । रिजवानले ४६ बलमा ६ चौका सहित ६८ रन बनाए । दुई छक्का प्रहार गर्दा आजमले २४ बल ३ चौका सहित ३१ रन प्रहार गरे ।

इङल्यान्डका उडले तीन, आदिल रसिदले दुई तथा साम कुरान र मोइन अलीले समान एक विकेट लिए ।

प्रकाशित मिति: २०७९,आश्विन,५,बुधबार ११:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भ्रमणकारी टोली दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई पहिलो एकदिवसीय क्रिकेटमा ९ रनले हराएको छ । बिहीवार राति वर्षा

काठमाडौं । च्याम्पियन्स लिगअन्तर्गत समूह सी को खेलमा बार्सिलोना इन्टर मिलानसँग १-० ले पराजित भएको छ। पहिलो हाफको इन्जुरी समयको

काठमाडौं । लगातार दोस्रो जित निकाल्ने क्रममा लिभरपुलले च्याम्पियन्स लिगमा मंगलबार रेन्जर्सलाई २-० ले हराएको छ । समूह ए अन्तर्गतको

काठमाडौं । भारतका तिब्रगतिका बलर जस्प्रित बुमराहले आईसीसी टी-२० विश्वकप क्रिकेट गुमाउने भएका छन् । अष्ट्रेलियामा आयोजना हुने विश्वकप बुमराहले

ताजा समाचार

पृथ्वीराजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध
 २०७९,आश्विन,२१,शुक्रवार ०८:५२
दक्षिण अफ्रिकाले भारतलाई हरायो
 २०७९,आश्विन,२१,शुक्रवार ०७:५९
बडादसैँको टीका आज पनि लगाइदै
 २०७९,आश्विन,२१,शुक्रवार ०७:४८
थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,आश्विन,२१,शुक्रवार ०७:३४