२१ आश्विन २०७९, शुक्रवार

नेपाल टेलिभिजनले माग्यो समाचार प्रस्तोता, लिखित परीक्षा दिनु नपर्ने

२०७९,आश्विन,५,बुधबार ११:४४

63
Shares

काठमाडौं । नेपाल टेलिभिजनको समाचार च्यानलमा नेपाली र अंग्रेजी समाचार प्रस्तोता एवं समाचारमूलक कार्यक्रम प्रस्तोताका लागि दरखास्त माग गरिएको छ ।

सूचनाअनुसार नेपाली समाचार प्रस्तोता सात र अंग्रेजी समाचार प्रस्तोता तीन गरी १० जना समाचार प्रस्तोता माग गरिएको छ । उमेदवारको न्यूनतम शैक्षिक योग्यता कम्तीमा स्नातक वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

समाचार प्रस्तुतिमा दक्षता र सम्बन्धित भाषामा राम्रो ज्ञान भएका उम्मेदवारलाई प्रथामिकता दिइने नेपाल टेलिभिजनले सूचनामार्फत उल्लेख गरेको छ । १० असोजभित्र आवश्यक कागज जागतसहित दरखास्त फारम भरी बुझाउन सकिने छ ।

यसपटक दरखास्त दिने उम्मेदवारले लिखित परीक्षा दिनु पर्दैन । अन्तर्वार्ताबाटै पत्रकार छानिने भएको छ । दरखास्त फारम नेपाल टेलिभिजनको वेबसाइट www.ntv.org.np बाट डाउनलोड गर्न सकिने छ ।

प्रकाशित मिति: २०७९,आश्विन,५,बुधबार ११:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौं उपत्यकामा आज दिनभर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण दसैँमा टीका थाप्न मान्यजनकहाँ

काठमाडौं । आज देशको पूर्वी भेगमा हल्का र पश्चिममा भारी वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी

काठमाडौं । खिम्ती र लिखू नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रवाहका लागि रामेछाप (गर्ज्याङ)–नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी)

काठमाडौं । प्रविधि क्षेत्रको प्रतिष्ठित कार्यक्रम ‘आइसिटी अवार्ड २०२२’ मा उत्कृष्ट १२ स्टार्टअप, प्रोडक्ट र प्रोजेक्टको घोषणा गरिएको छ ।

ताजा समाचार

बडादसैँको टीका आज पनि लगाइदै
 २०७९,आश्विन,२१,शुक्रवार ०७:४८
थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,आश्विन,२१,शुक्रवार ०७:३४
बस दुर्घटना अपडेट : मृतक ११ जनाको सनाखत
 २०७९,आश्विन,२०,बिहीवार १८:१५
कैलालीमा भारी वर्षा, अधिकास स्थान जलमग्न
 २०७९,आश्विन,२०,बिहीवार १८:०२