राष्ट्रपतिबाट संविधानको उल्लंघन भयो : पूर्वराष्ट्रपति यादव

लोकपथ
147
Shares

काठमाडौं । पूर्वराष्ट्रपति रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको उलंघन गरेको बताएका छन् ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीको अबको विकल्प राजीनामा मात्रै भएको पनि बताए । पूर्वराष्ट्रपति यादवले राष्ट्रपति भण्डारीले संविधानको उल्लंघन गरेकाले अबको बाटो राजीनामा मात्रै भएको प्रतिक्रिया दिएका हुन् ।

पूर्वराष्ट्रपति यादवले भने ‘राष्ट्रपति संविधानको संरक्षक भएकोले संविधानको रक्षा गर्ने दायित्व राष्ट्रपतिकै हो । प्रतिनिधिसभामा बहुमतले पारित गरेको विधेयक रोक्ने अधिकार उहाँलाई छैन’, उनले भने, ‘दोस्रो पटक प्रमाणीकरणका निम्ति पुगेको विधेयक उहाँले रोक्न मिल्दैन । उहाँले संविधान क्रस गर्नुभयो अब सहजताका निम्ति राजीनामा दिनुपर्छ ।’

संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले नगरेपछि उनको कदमको आलोचना भइरहेको छ ।

राष्ट्रपतिले २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फर्र्काएको यो विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले हुबहु पारित गरेको थियो । त्यसपछि पुनः २० भदौमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?